दशैंका लागि करिब २० लाख यात्रु बाहिरिए

दशैंका लागि करिब २० लाख यात्रु बाहिरिए

काठमाडौं । दशैंका लागि काठमाडौं छाड्नेको संख्या बढेको छ । आज बिहानसम्म १९ लाख ७३ हजार ३ सयले काठमाडौं छाडेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । असोज ५ गतेदेखिको तथ्यांक अनुसार करिव २० लाख दशैं मनाउन काठमाडौंबाट बाहिरिइसकेको ट्राफिक प्रहरीको भनाइ छ ।

दुई दिनदेखि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । पछिल्ला दिनमा दैनिक डेढ लाख मानिसहरु काठमाडौंबाट दशैं मनाउन बाहिरिने गरेका छन् । शनिबार मात्रै १ लाख ५९ हजार ७ सय ४० यात्रुले काठमाडौं छाडेका छन् भने शुक्रबार १ लाख ५७ हजार ९ सय ५१ यात्रु दशैं मनाउन काठमाडौंबाट बाहिरीएका छन् ।

आइतबार, सोमबार र मंगलबार तीन लाखसम्मले काठमाडौं छाड्ने प्रहरीको अनुमान छ । मंगलबार बिहानसम्म करिब २५ लाख मानिस काठमाडौंबाट दशैं मनाउन काठमाडौं बाहिरिने अनुमान छ । ट्राफिक प्रहरीले मोटरसाइकलमा काठमाडौं बाहिर जानेको भने तथ्यांक नराखिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.