बिश्व शान्ति फेडेरेशन नेपालले १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

बिश्व शान्ति फेडेरेशन नेपालले १ नं. प्रदेश स्तरीय मेयर कन्फेरेन्स सम्पन्न

बिराटनगर । बिश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ ।
१ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उदघाटन गर्दै बिश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । प्रदेशले छिटै नाम र राजधानी पाउने छ यस बारे ब्यापक छलफल हुन थालको मुख्य मन्त्रि राईले बताउनु भयो । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा १४ वटा जिल्लाका मेयर र उपमेयरहरुको परिबार सहितको सहभागिता थियो । पारिबारीक मिलन गराउने साथै पारिबारीक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब बिनोद डागीले बताउनु भयो । स्थानीय निकायमा कानुन र बिकास एक अर्काका परिपुरक हुन भन्ने कुरामा हामी अन्यौलमा परेका थियौ यस कार्यक्रमले हामीलाई पुर्नःताजगी बनायो अब हामी स्थानीय निकायमा गएर समुदायलाई बुझाउने काम गर्न सजिलो हुने भएको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले बताउनु भयो । 42799953_268449593804338_8711422114244067328_n
कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयां सबिधानले दिएको स्थानीय निकायलाई कानुनबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराएको थियो । गाउपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो । २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितको परिबारहरु सहभागिता भएका थिए । १ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बाकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममो सभापति पुर्ब सांसद मिलन कुमारी राजबंशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.