पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि

पश्चिम नेपालमा बाढि पहिरोका कारण मृत्यु हुनेको सँख्यामा बृद्धि

पोखरा । नेपालको पश्चिम क्षेत्र पोखरा, पाल्पा लमजुङ लगायत अन्य इलाकामा केही दिन देखि आएको अबिरल बर्षाका कारणले बाढि पहिरोमा परी मृत्यु हुनेको सँख्या बृद्धि हुदै गएको छ । पहिरोमा परेर हराएकी एक बृद्धाको शव समेत फेला परेपछि मृत्यु हुनेको सँख्या बृद्धि भएको हो ।
मस्र्याङदी गाउँपालिका–३, अर्खलेमा पहिरोमा परी बेपत्ता भएकी ७० वर्षियाा ललितमाया गुुरुङको शव विहान फेला परेको हो । पहिरोमा पुरिएर मस्र्याङ्दी–३ खुदी पल्लोटारीमा दुइृजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६० बर्षकी अभिरुपा थापा र १० बर्षकी सिराक थापालाई रहेका छन् । यसै गरी पहिरोमा परी मस्र्याङदी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षिया विष्णु गुरुङको पनि मृत्यु भएको थियो । दिउसो बाख्रा चराउनेक्रममा पहिरो सँगै आएको ढुंगाले लागेर गम्भीर घाईते भएकी गुरुङको साँझ निधन भएको हो । baddi
बाढी र पहिरोमा परी जिल्लामा अझै तिनजना बेपत्ता भएका छन् । लमजुङको दोर्दी जलविद्युत आयोजनामा काम गर्दै गरेका दुई जनालाई मस्र्याङदीले बगाएको हो । बेसीशहर नगरपालिका–१० चितिमा निर्माणाधिन तल्लो दोर्दी जलविद्युत आयोजनाका श्रमिक बलिराम चौधरी र लक्षमण थारुलाई मस्र्याङ्दीको भेलले बगाएको हो । उनिहरु बर्दिया जिल्ला ठाकुरद्धार नगरपालिकाका हुन् ।
यसै गरी इन्द्रवती नदिमा पौडि खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । इन्द्रवती नदिमा पौडी खेल्दा तेमाल गाउपालीका ४ कल्लेरीका ५२ वर्षिय रामबहादुर दमाईलाइ इन्द्रवती खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । दमाइ मण्डनदेउपुर ७ स्थित बुद्धिमान दनुवारको इट्टाभट्टामा काम गर्दै आएका थिए । इन्द्रवती नदिमा बेपत्ता भएका दमाइको खेजी कार्य भैरहेको जिल्ला प्रहरी प्रमुख रविराज खड््काले बताए । दिनहुं हुने बर्षाका कारण पश्चिम नेपालका अन्य जिल्लाहरुमा समेत मानबीय क्षति सगैं भौतिक क्षति समेत हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.