नेहारिका कलेजमा नयां बिषयमा बिद्यार्थीहरुको चाप बढयो

नेहारिका कलेजमा नयां बिषयमा बिद्यार्थीहरुको चाप बढयो

बिराटनगर । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिराटनगर बरगाछि स्थित नेहारिका कलेजले यस शैक्षिक सत्र देखि समय सपेक्ष र बजारको माग अनुसारको थप ३ वटा नयां बिषय अध्यापन गर्ने गरी कार्यक्रम सन्चालनमा ल्याएको छ । साथै यसै शैक्षिक सत्र देखि भर्ना खुल्ला गरेको छ । थप गरिएको बिषयहरु B.C.A. (बि.सि.ए.), B.H.M. (बि.एच.एम.) (होटेल म्यानेजमेन्ट) र B.I.M.(बि.आई.एम.) कार्यक्रम हुन् । जुन बिषय बजारमा अत्याधिक माग भएको बिषय हो ।
बिगत बर्षहरुदेखि नै कलेजमा बीएससी सीएसआईटी र बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रत्येक बर्ष उत्कृष्ठ नतिजा ल्याउँदै आएको कलेजले ब्याचलर अफ इन्फमेसन म्यानेजमेन्ट( बी.आई.एम.), ब्याचलर अफ कम्युटर एप्लीकेशन (बी.सी.ए.) र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बी.एच.एम.) थप भएको क्याम्पस प्रमुख अमित ढकालले बताउनु भयो ।
कोटा प्रणाली अनुसार बिश्वबिद्यालयबाट यस कलेजलाई बीसीए कार्यक्रममा ३५ साथै बीएचएम र बीआईएम कार्यक्रममा ४०–४० जना विद्यार्थी अध्यापन गराउने स्वीकृति पाएको हुनाले भर्ना खोलिएको दिन देखि बिद्यार्थीहरुको चाप बढी रहेको कलेजका प्रमुख ढकालले बताउनु भयो । बिराटनगरको बरगाछि केन्द्रबिन्दु हो जहां सबै दृष्टिकोणबाट सुबिधा छ त्यही स्थानमा नेहारिका कलेज भएको हुदां बिद्यार्थीहरुको भिड बढेको बढै छ । बिद्यार्थी र अभिभावकहरुको सल्लाह र माग अनुसार नै हामीले निकै मेहनत गरेर बिश्वबिद्यालयमा यस बर्ष देखि नै उल्लेखित कार्यक्रम ल्याउन सफल भएका छौ तर हाम्रो पनि आफनो बाध्यता रहेको हुनाले स्विकृति कोटा भन्दा बढी बिद्यार्थीहरु चाहेर पनि भर्ना गर्न नसकिने प्रमुख ढकालले जानकारी दिनु भयो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *