बोक्सी लागेको आरोपमा सासुको हत्या

बोक्सी लागेको आरोपमा सासुको हत्या

दाङ  । दाङमा बोक्सी लागेको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् । दङगीशरण गाँउपालिका वडा नम्वर ३ कि ६९ बर्षिया खोपी रावतलाई ४० बर्षिय टंकी रावतले गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन । आफु बिरामी परिराख्ने र झारफुक गर्दा धामी झाक्रीले सासु बोक्सीनि लागेको बताएपछि बुहारी टंकीले सासु खोपीलाई झारफुक गराउन जाउ भनि घर सल्लाह गरि कपुरकोट पुयाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भदौ २ गते कपुरकोट गाँउपालिका वडा नम्वर २ शिवमन्दिर सामुदायीक वनको भकमको भिर जंगलमा सासु खोपीलाई लाठ्ठीले प्रहार गरि मारि बुहारी टंकी त्यहाबाट भागि कृष्णनगर लुकि राखेको अबस्थामा प्रहरीले भदौे १५ गते पक्राउ गरेको हो । हत्या गरिएकी खोपीको शव घटनास्थलमा भदौ १५ गते फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक राजन कोईरालाको नेतृत्वमा खटिएको टोलीले टंकीलाई लुकि छिपी राखेको अबस्थामा कपिलबस्तुको कृष्णनगरबाट पक्राउ गरि तुलसीपुर ल्याईपु¥याएको आज शनिबार आयोजीत पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक प्रकास सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेकी टंकीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाउने ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.