विराट एक्स्पो फागुनमा हुने

विराट एक्स्पो फागुनमा हुने

विराटनगर । विराट एक्स्पो (मेला) २०७३ फागुन ११ देखि १७ गतेसम्म विराटनगरमा हुने भएको छ ।
उद्योग संगठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने विषयमा जानकारी गराएको हो । कृषि सम्बन्धि परियोजनाहरुलाई एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायिकरण, औद्योगिक उत्पादन तथा प्रविधि बारे जानकारी दिनुका साथै मेलामा नया“ प्रविधि र उत्पादनका विषयमा समेत जानकारी उपलब्ध हुनेछ । मेलाले उत्पादक र उपभोक्ता बीचको सम्बन्ध बिस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावरणको सिर्जना गर्ने आयोजकको विश्वास छ ।
विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट कृषि तथा औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै पर्यटन प्रवद्र्धनमा समेत मेलाले जोड दिनेछ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ हुन लागेको मेलाको सह–आयोजकमा कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपङ्क्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिती मोरङ र विराटनगर उपमहानगरपालिका रहेका छन् । मेलामा औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडिबुटि उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थका स्टल हुनेछन् ।
मेलामा एक करोड १० लाख रूपैयाँ खर्च लाग्ने र मेलामा ४५ करोड रूपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.