बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी

बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी

संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं

अबिजाल बिष्ट,
बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई प्रभावकारी संगठनका रुपमा लैजानुपर्ने बताए । उनले बिमस्टेकको ढिला गरि सचिवालय स्थापना भएको उल्लेख गर्दै क्रियाशिल बनाउनुपर्ने बताए । ‘सक्रिय तथा प्रभावकारी सचिवालय अपेक्षा गरिएको छ’, ओलीले भने, ‘बडापत्र निर्माणको प्रक्रिया अगाडि बढाइने छ ।’ बिमस्टेकको हालसम्म बडापत्र समेत तयार भएको छैन । स्थापनाको बीस वर्ष पुग्दा सन् २०१४ मा मात्र ढाकामा बिमस्टेकको सचिवालय स्थापना भएको छ । तर त्यसले दु्रतरुपमा काम गरेको छैन् यी यावतलाई द्रुत गतिमा लैजान आबश्यक भएकोले बिभिन्न देशबाट आउने हुने भिआइपीहरुको स्वागत त्यतिकै महत्वपुर्ण रहेको छ । तसर्थ कुन देशका भिआईपीहरु कहिले आउनु हुने भन्ने बारे जानकारी आबश्यक रहेको देखिन्छ ।
कुन देशका भिआईपी कहिले आउने ?
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु (भीभीआईपी) मंगलबारदेखि काठमाडौ आउँदैछन् ।bbim2
सबैभन्दा पहिला म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्नेछन् । त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नेछन् । यसै सिरिसेना बुधबार २ः३५ बजे तथा छिरिङ वाङचुक बिहान ८ः०५ र प्रयुत बिहान १०ः १५ बजे काठमाडौ अवतरण हुनेछन् । त्यस्तै भदौ १४ गते बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौं आउने छन् । मोदी बिहीबार बिहान ८ः३० बजे विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन् भने हसिना पनि बिहीबारै बिहान ९ः१५ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकका सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीहरुको बैठक मंगलबार काठमाडौँमा शुरु भएको छ । सदस्य देशका परराष्ट्ररबाह्य मामिला र विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्रा्ष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिएका छन् ।
नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षता समेत गर्नुभएका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल हुनेछ । बिमस्टेक सम्मेलनका लागि बुधबार र बिहीबार काठमाडौँ उपत्याकामा जोररविजोर प्रणालीमा सवारी सञ्चालन हुनेछन् भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यात्रुबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.