नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रिन्स सन्तोष शाहा,

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ ।
शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ४३ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । उनीहरुलाई अस्पताल ल्याउँन नोबेलले नै गाडीको ब्यवस्था मिलाएर बिशेष छुटमा उपचार गर्नेछ । nobel-khorsane-sibir-photo3
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसुति, बाल, मानसिक, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, आँखा, दन्त लगायत रोगको उपचार गरिएको हो । ईसीजी, ल्याव टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको छ । यसैवीच नोबेल अस्पतालले गाउँ–गाउँमा शिविर सञ्चालन गरेर बिपन्न बिरामीको उपचार गर्दै आएकाले धेरै राहत मिलेको शिविरमा आएका अधिकांसले प्रतिक्रिया दिएका छन् । शिविरमा उपचारका लागि आएका स्थानीय सिता तिरुवा, टिका देवी श्रेष्ठ र जित बहादुर कार्कीले पनि शिविरका कारण उपचारमा धेरै सहज भएको भन्दै खुःशी ब्यक्त गरे ।
गाउँ–गाउँका बिपन्न बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँन नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । यो क्रमलाई नोबेल अस्पतालले गाउ गाउमा पुराउने र गरिब बिपन्न परिबारलाई शिःशुल्क स्थास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको समेत जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.