पूर्वाञ्चल बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सव सम्पन्न

पूर्वाञ्चल बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सव सम्पन्न

बिराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनेश्यामलाल दासले बिग्रेको छबिलाई सर्पान बिश्वबिद्यालय लागि परेको बताउनु भयो ।
बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सबका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति दासले परीक्षा प्रणालीलाई नियमित गर्ने, गोठगाउमा बिएसी.एजी. कक्षा सन्चालन गर्ने, बनारस हिन्दु बिश्वबिद्यालय संग आयोएम गरी सहकार्य गर्ने जस्ता बिभिन्न कार्ययोजना ल्याई बिश्वबिद्यालयलाई राम्रो र हाम्रो बनाउन लागि बताउनु भयो । बिश्वबिद्यालयको २३ औं वार्षिकोत्सबका अबसरमा सांसद आनन्दप्रसाद ढुङ्गाना लगायत अन्य समाजसेवी, बिश्वबिद्यालयको सहयोगमा पि.एच.डी. गर्ने शिक्षकहरु लगायत बिश्वबिद्यालयका समन्वय महाशाखा प्रमुख राजेश झालाई सम्मान गरेको छ ।

माननीय सांसद आनन्दप्रसाद ढुङ्गाना तत्कालीन वनमन्त्री भएको बेलामा मोरङको गोठगाउँमा आठ सय पाँच बिघा बन क्षेत्रको जग्गा विश्वविद्यालयलाई दिएको भन्दै विश्वविद्यालयले ढुङ्गानालाई सम्मान गरेको हो । सरकारले दिएको आठ सय पाँच बिघा क्षेत्रमा विश्वविद्यालयले बिभिन्न भौतिक संरचना निर्माणका काम गरिरहेको जनाएको छ । अहिले त्यो क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्दैछ । वार्षिकोत्सबका अबसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका बिजेता कर्मचारी तथा शिक्षकलाई पुरस्कार बितरण गरिएको छ । विभिन्न विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि प्राप्त गर्ने आफ्ना ११ जना प्राध्यापकलाई विश्वविद्यालयले सम्मान गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *