मोरङ काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने

मोरङ काँग्रेस सरकारविरुद्ध सडकमा उत्रने

विराटनगर । नेपाली काँग्रेस मोरङ सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने भएको छ ।
पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिको बैठकले तल्लो तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । प्रमुख विपक्षीको रुपमा रहेको काँग्रेसले पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागितालगायत विषयमा निर्णय गरेको छ । पार्टी सचिव मोदराज घिमिरेले भने,‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५ विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’
घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटांगमा १२ बजे, विपी सेवा केन्द्र डायनिया १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताए । भने,‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट सुरु गर्दैछौं ।’ क्रियाशील कार्ड वितरण गर्न विरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा कार्ड वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ । केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा श्रावण १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी पूर्वलोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काँग्रेसले निर्णय गरेको छ । काठमाडौमा भएको नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईंलगायत माथि भएको धरपडकको भत्र्सनासमेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बेठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौला पनि उपस्थित थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.