धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको बिशाल शवयात्रा, अन्तिम श्रद्धाञ्जलि अर्पण

धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको बिशाल शवयात्रा,  अन्तिम श्रद्धाञ्जलि अर्पण

बिराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शनिबार धरान बजारमा बिशाल शवयात्रा सकिए पछि अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिएको छ ।

यति खेर धरानमा सामान्य मान्छे देखि रक्षामन्त्रि सम्मका नेपाली नागरीकहरु शबयात्रामा लामबद्ध भएर हिडिरहेका छन् । शबयात्रा सडकमात्र नभएर समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द लेखिएका छन् ।
तीन बर्ष अघि मात्र मृगौला प्रत्यारोपन गरि महगो औषधी सेवन गरिरहेका सुब्वालाई चिकित्सकले आराम गर्ने सल्लाहा दिएका थिए । तर उनी चिकित्सकको सल्लाह पालन गर्न पाएनन् । 52

२०३६ सालदेखि विद्यार्थी आन्दोलनमा होमिएका सुब्वा धरानको मेयर भएर जनताको सेवा गर्ने अठोट गरेका थिए । जनताबीच रहेर काम गर्ने उनको धोको पुरा गर्ने अवसर एक बर्ष अघिको स्थानीय निर्वाचनले मेयरमा निर्वा्चित भएर धरानलाई सम्वृद्ध शहर बनाउने खाका बनाए । तर उनले देखेको सपना अधुरै बन्यो । नगर प्रमुख निर्वा्चित भएको एक वर्षपछि ५२ वर्षको उमेरमा मंगलबार दिउँसो सदाका लागि विदा लिए ।  सुव्वाले धरान उपमहानगरलाई पुर्वको पर्यटीय स्थलको केन्द्र, स्मार्ट सिटि, बस्ती विकास, धरान खानेपानी आयोजना, जनसहभागिताको स्फुर्त योजना, वगैचाको शहर र व्यापारिक ट्रान्जिट सिटि तथा इकोनोमिक करिडोर बनाउन ‘मास्टर प्लान’ बनाएका थिए । निर्वा्चित भएर धरानका सुकुम्वासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवत्ताता अनुसार सुकुम्वासी बस्तीमा घर नं. वितरण गरिसकेका थिए । सुकुम्वासीहरुलाई जग्गाधनी बनाउने उनको अभियान अधुरो रहेको छ ।
नेकपा एमालेमा रहेर काम गर्दा निष्ठावान, दृढ निश्चयी, हरेक कुराको तत्काल निर्णय गर्न सक्ने, दुरदर्शी सोच उनमा थियो । निष्ठाको राजनीतिमा टिकेका सुब्वा हरेक युवा, विद्यार्थीको मन मष्तिकमा थिए । कसैलाई समस्या पर्दा अघि सरेर समाधान गर्ने, अठ्यारो काममा कायकर्ताहरुलाई हौसाला दिन्थ्ये । ‘केहि प¥यो भने तारा सुब्वालाई सम्झनु’ भन्ने उनको हौसालाले युवा, विद्यार्थी र राजनीतिक कार्यकर्ताहरुलाई हौसला प्रदान गरि रहन्थ्ये । सबैका प्रिय नेता भएर जनताको काम गर्ने केही असल नेताहरुको समुहमा सुव्वा पनि थिए । युवा विद्यार्थीहरु नै देशका खम्वा हुन भन्ने उनको सोच बनाएर काम गथ्ये । त्यही भएर मेयर हुने वितिकै आफ्नो सचिवालयमा विद्यार्थी र युवालाई अवसर दिएका थिए ।543
मेयर भए पछि बसपार्क निर्माण, डाँडाघोपामा एयरपोट, चिण्डेडाडा र विष्णुपादुकामा भ्युटावर निर्माणसँगै धरानलाई पर्यटकीय हव बनाउन योजना अघि सारेका थिए । स्मार्ट सिटी बनाउने, धरानका चारवटै नाकामा सांस्कृतिक पहिचानसहितको प्रवेशद्वार बनाउने, सुकम्बासी नमुना बस्ती बनाउने, सुकुम्बासीहरुलाई सहुलियत दरमा ऋण उपलव्ध गराउने र धरान, विष्णुपादुका, विजयपुर, भडेटार केवलकार सञ्चालन गर्ने उनको सपना थियो । विडम्बना उनको सपना पुरा भएन ।
धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उहाँको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम सम्मपन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.