लालबन्दी गोल्डकप : जावलाखेललाई शनिबार २–१ ले हराउँदै झापा सेमिफाइनलमा

लालबन्दी गोल्डकप : जावलाखेललाई शनिबार २–१ ले हराउँदै झापा सेमिफाइनलमा

सर्लाही – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो ।

राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । तर ३४ औं मिनेटमा झापाका लागि पुष्प मदेनले बराबरी गोल गरेका थिए ।

दोस्रो हाफमा पुजन उपरकोटीले गरेको निर्णयक गोलमा झापा अघि बढेको थियो । पुजनले ७६ औं मिनेटमा गोल गरेका थिए । झापाका कप्तान देवेन्द्र तामाङ खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुश्लिङले ५ हजार रुपैयाँ प्रदान गरे ।

लालबन्दी गोल्डकपमा आइतबारको दोस्रो क्वार्टरफाइनलमा 
एपिएफविरुद्ध विजय युथ क्लब हेटौंडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.