फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी

फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी

मस्को – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् ।

बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम मौका हुनसक्छ । पछिल्ला प्रतियोगितामा चोटका कारण उपस्थित हुन नसकेका उनले बेल्जियमको स्वर्ण युगको नेतृत्व लिइरहेका छन् । यसपटक प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली छनोटको विषयलाई लिएर निकै आलोचना खेप्नुपर्यो । यसका बाबजुद बेल्जियमले निकै बलियो टोली तयार पारेको छ ।

क्लब स्तरमा तहल्का मच्चाइरहेका खेलाडीको जमात अहिलेको बेल्जियम टोलीमा सम्मिलित छ । चेल्सीका इडेन हाजार्ड, म्यान्चेस्टर सिटीका केभिन डे ब्रुएन, नेपोलीका ड्रिज मर्टन्स र म्यानचेस्टर युनाइटेडका रोमेलु लुककु लगायतका खेलाडीले आक्रमण सम्हाल्नेछन् । डिफेन्समा टोटेनहम हट्स्परका डिफेन्डरद्वय टोबी आल्डरवेरल्ड र जान भर्टोन्घनसँगै कम्पनि, पीएसजीका थोमस मुनिएर पनि छन् ।

समग्र रुपमा सन्तुलित रहेको टोली समूह ‘एच’ मा परेको छ । उक्त समूहमा इंग्ल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । पानामा पहिलोपटक विश्वकपमा सहभागिता जनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.