सबैको सल्लाह र नगरबासीहरुको लागि नै म काम गर्न आएको होः– दिपक कोइराला, कार्यकारी अधिकृत

सबैको सल्लाह र नगरबासीहरुको लागि नै म काम गर्न आएको होः– दिपक कोइराला, कार्यकारी अधिकृत

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै राम्रा काम गर्ने योजना रहेको बताउनु हुन्छ जस्ता बिषयमा रहेर बिराटखबर टीमले कार्यकारी अधिकृत कोइराला संग गरेको बिकास सारसंक्षेप अन्र्तवार्ता यस प्रस्तुत गरिएको छ ।

१.विराटनगर उपमहानगरपालिका क्षेत्रमा भइरहेका विभिन्न विकास निर्माणको कामलाई कसरी अगाडी बढाई रहनु भएको छ ?
= हाम्रो सहरी विकासमा आर्थिक, सामाजिक ,राजनैतिक विकासको कुरा आउछ । हाम्रोमा राजनैतिक विकासको क्रम अवरुद्ध छ । स्थानिय निकायहरु जनप्रतिनिधि विहिन अवस्थामा रहेका छन् । सामाजिक पाटोमा हेर्नु हुन्छ भने जनचेतनाका पाटाहरु आउंछन् । अहिले हाम्रोमा जनचेतनाको पाटो एकदमै कमजोर छ । जनचेतना भन्दा कर्तब्यको चेतना कम छ । जनचेतनाको कमि हुने वित्तिकै पूर्वाधार विकासको कामको गुणस्तर कम हुन्छ । चेतनाको कमि हुने वित्तिकै सरसफाईको काम पनि प्रभावित हुने भईहाल्यो । अब तपाईले भन्नु भयो पुर्वाधार विकासको सवालमा ए.डि.वि. सहयोगमा नाला, सडकको निर्माणको कार्यलाई अगाडी बढाएका छौ । यस्ता भौतिक संरचना निर्माणको लागि आन्तरीक स्रोत साधनले नभ्याउने भएकोले दात्ताको सहयोग आवश्यक चाहिन्छ । फोहोरमैला व्यवस्थापनको सन्दर्भमा वेस्ट मेनेजमेन्ट ग्रुप सँग साझेदारी गरेका छौ । सामजिक चेतनामा हामीले युनिसेफको सहयोगमा विभिन्न सामाजिक क्लवहरुको स्थापना गरेर गतिविधि संचालन भइरहेका छन । त्यसैगरी हाम्रा हरेक वडामा सामाजिक परिचालिकाहरु प्नि रहेका छन् । साथै हाम्रो स्वयात्तशासन ऐन अनुसार गाउं टोलबाट छनौट भएर आएका विकास निर्माणको काम पनि संचालन भइ रहेका छन् ।
२. बिराटनगरको सिटी बसवार्कको अबधारणा कहां पुग्यो नगरबासीले कसरी थाहा पाउने ?
= बसपार्कको कुरामा , एउटा व्यवस्थित सहरीकरण भन्ने वित्तिकै व्यवस्थित बस पार्क, सडक, डल, बधशाला लगायतका कुरा आउंछन । यी सबैलाई व्यवस्थित र क्रमिक रुपमा अगाडी लैजाने योजनामा छु । बधशालाको लागि पशुविकास कार्यालयको सहयोगमा विराटनगर–११ मा निर्माणको अन्तिम चरणमा पुगेका छौ । विराटनगर बसपार्क भरखरै ८ करोड ४७ लाखमा ठेक्का लागेको छ । अब यो विकासको अभियानमा धेरै सरोकार पक्षहरु पनि संलग्न भएका हुन्छन् । हाम्रो सडकको कुरा गर्नु हुन्छ भने ६ लेनको सडकको लागि ६ लेन प्रोजेक्ट छ । सहरी विकास कार्यालय छ । सडक डिभिजन कार्यालय पनि छ । नगरपालिका भैहाल्यो । सबैको संमन्वयमा नै विकासका काम अगाडी बढी रहेका छन् ।
३.अहिले विराटनगर शहरमा सबै तिर भत्तकाएर लथालिङ बनाइएको छ । यस्तो अवस्थामा यसको निर्माण कार्य कहिले सम्म सकिन्छ? के यो आर्थिक बर्षमा विराटनगर बासीले धुलोबाट छुटकारा पाउछन्? यसको लागि नगरपालिकाले के गरिरहेको छ?
= तपाईले ए.डि.वि.को यस.टि.य.ूआइ.पि.को काम भन्नु भएको हो होला । यो रोकिएको काम सबै चालु भएको छ । यो पहिलो चरणको काम असार भित्र सम्पन्न हुने छ । त्यहाँबाट बाकि रहेका अधुरा रहेको कामलाई थप चिन अर्बको लागतमा अगाडी बढाउने छौ ।
४. यस अघि विराटनगरका घरहरु भत्तकाइएको थियो बाकी भएको स्थानमा अहिले पनि भत्तकाइएको छैन? जनताले वाच गरेका छन्? अब के गर्छ नगरपालिकाले ?
= यो भ्रम हो । बजार एरियाको काम सेकेन्ड फेजको एडिस्नल बजेटमा परेको हुनाले केहि ढीलो भएको हो । जब यसको कन्ट्याक्टर नियुक्त भएपछि भत्तकाउने क्रम अगाडी बढछ । कन्फुयजमा नगरबासी नफर्दा हुन्छ ।
५. अहिले निर्माण हुने नालाले विराटनगरको ढलको समस्या समाधान हुन्छ ? यो आ.ब.२०७३÷७४ भित्र कति किलोमिटर ढलको नला निर्माण हुन्छ?
= हाम्रो लक्ष्य ३६ किलो मिटर हो । यसले विराटनगरको बजार क्षेत्रको समस्या समाधान हुनेछ । सबै बजार भित्र र बाहिर पिच रोड बन्ने देखिन्छ ।

५. ढलको नालामा पानी, फोहोरमैला र प्लाष्टिक जन्य बस्तुहरु जमेको अवस्था छ, किन यस्तो भएको हो, कसरी काम भैरहेको छ?
= त्यस्तो होइन् । पहिलो चरणको काममा सबै ढलका नालाहरु नजोडिएकोले यस्तो देखिएको हो । दोस्रो चरणमा जोडिने छन् । त्यस पछि यो समस्या देखिदैन् ।

६. विराटनगरको विचमा रहेको गुद्री बजारले फोहोरमैला बढी उत्पादन गर्छ तर यसको ब्यबस्थापन राम्रो छैन्? यसलाई हटाउने कुरा आएको थियो । यस बारे नगरपालिकाले के सोच बनाएकोछ ?
= बास्तबमा हामी गुद्रिबजारलाई त्यहांबाट सार्दै छौ । कटहरीमा भरखरै कृषि मन्त्रिले कृिष बजारको उद्घाटन गरी सक्नु भयो । त्यसको ठेक्का लागि सकेको छ । १८ महिना भित्रमा त्यो सम्पन्न हुन्छ । गुद्रिबजार त्यहां सर्छ । त्यस पछि बिराटनगरको मेन बजारमा सब्जीहरुको फोहोरमैला हुदैन नी ।

७. गुद्रिबजारलाई कसरी सारीन्छ ? जनताले सहजरुपमा लिन्छन् त?
= अहिले गुद्रिबजारलाई कटहरीमा सार्छौ । बजार विकासको क्रममा यस्ता कुरा प्रत्यक्ष जनता सँग जोडीएको हुनाले आवश्यकता अनुसार विस्तार हुदै जान्छ । पछि त्यो सहज पनि हुन्छ ।
८.विराटनगरको बसपार्कको निर्माण कसरी भइरहेको छ ?
= विराटनगर बसपार्कको निर्माणको लागि ठेक्का लागि सकेको छ । यसको ठेक्का ८ करोड ४७ लाखमा ठेक्का लागेको छ । त्यहां हाम्रो डेढ विघा जग्गा रहेको छ । यसको निर्माण १५ महिनामा भई सक्छ । त्यहां एक पटकमा ५५ वटा गाडी पार्क गर्न सकिन्छ । यो टर्मिनल बसपार्क हो । ठुलो क्षमताको बसपार्क निर्माण सहरी क्षेत्र भन्दा बहिर हुनु नै राम्रो हुन्छ । हामीले त्यस तर्फ पनि ध्यान पु¥याएका छौ ।
९ विराटनगर उपमहानगरपालिकालाई सि.सि. टिभिले निगरानी गर्ने गरेको थियो ? अहिले त्यो देखिएको छैन्?
= होइन । तपाईलाई भ्रम भएको हुन सक्छ । त्यो अहिले पनि चालु छ । अहिले पनि सि.सि. टिभि हेर्ने गर्छु । बत्ति नभएको बेला नदेखिएको हुन सक्छ । कामको निगरानी गर्ने यो नगरपालिको एउटा टुल्स हो ।
१०.बिराटनगर बासीलाई राम्रो अनि हाम्रो साथै पार्क युक्त भएको महसुस गर्ने गरी नगरपालिकाको कुनै योजना छ?
= मैले सुरुमा पनि बताए व्यवस्थित नगरको निर्माणको लागि धेरै पक्षको भुमिका हुन्छ । यसमा सरसफाइ जोडिन्छ । बसपार्क, यातयात लगायतका विभिन्न पक्ष आउंछन । हामी कहां सिटी यातयातको व्यवस्था नभएर सिटि रिक्सा संचालनमा छन् । यसले सहरमा भिडभाड बढाएको छ । तरकारी बजारको व्यवस्थापनको कुरा आउछ । यस सबै पक्षलाई समेटेर एकिकृत योजनाको साथ व्यवस्थित सहर बनाउने योजनामा लागेका छौ । पार्क लगायत मनोरञ्जन गर्ने स्थानको पनि ब्यबस्थापन गर्ने योजनामा नगरपालिका रहेको छ ।
११. विराटनगरमा धेरै अस्पतालहरु छन् । त्यहांबाट फोहोर उत्पादन भइरहेका छन् । त्यसको व्यवस्थापन राम्रो छैन? तपाईहरु तीनलाई कार्वाही गर्न सकिरहनु भएको छैन, किन होला?
= तपाईले राम्रो कुरा उठाउनु भयो । संघियतामा गईसके पछि स्थानीय सरकार अहिले पनि स्थानीय सरकार त हो तर आत्मानिर्भर नभएको कारणले अधिकार दिए पनि निर्भाह गर्न नसकेको हौं । संघियतामा गईसके पछि जनस्वस्थ्यका विषयहरु स्वतः हाम्रो दायित्वमा आउंछन् । अहिलेको ऐनले पनि हस्पिटलले आफ्नो फोहोेरको व्यवस्थापन आफै गर्नु पर्छ किन भने त्यो अलि टेिक्ननिकल विषय पनि हो । अहिले हामी जनस्वस्थ्य सँग संमन्वय गरेर फोहोर व्यवस्थापन गर्ने सोचमा छौ । मैले अघि पनि भने कर्तव्य र अधिकार सँगसँगै जानु पर्छ । जनस्वस्थ्य जस्तो जनताको स्वस्थ्य सँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायले पनि फोहोर मैला व्यवस्थापनमा तदारुक्ता देखाउन सकेको छैन । कार्यालयको फोहोर नै सडकमा फाल्ने गरेको थियो । हामीले केही अघि त्यस्तो नगर्ने कबुलियत गराएका छौ । शहरमा भएका क्लिनिकहरुको बिकृति पनि त्यस्तै छ । त्यहां पैसा तिरेर विरामीहरु उपचार गराउन जान्छन् । विरामीले तिरेको शुल्कको आधारमा सेवा पाउन सक्दैनन् । क्लिनिकको स्विकृति जनस्वस्थ्यले दिन्छ । क्लिनिक संचालनका लागि मापदण्डहरु रहेका छन् । त्यसको पालना भएको छैन । मापदण्ड पुरा नभएका क्लिनिकलाई उपमहानगरपालिकाले खोजी गरेर कारवाही अगाडी बढाएका छौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.