स्थानीयबासीबाट गुणस्तरहिन निर्माण कार्य बन्द, टंकीमा कान्छाराम कन्सट्रक्सन निर्माण सेवाको ठेकेदार भागे

स्थानीयबासीबाट गुणस्तरहिन निर्माण कार्य बन्द, टंकीमा कान्छाराम कन्सट्रक्सन निर्माण सेवाको ठेकेदार भागे

सुनिता अर्याल
बिराटनगर । रानी– धरान सडकखण्ड अन्तरगत टंकीसिनवारी चोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै स्थानीयबासीले सो साईड भत्काइदिएका छन् ।
कान्छाराम कन्सट्रक्सन निर्माण सेवाले बिराटनगर बरगाछि देखि बुढिगंगा गाउपालिकाको निमुवा चोक सम्मको निर्माण गर्ने जिम्मेबारी पाएको हो । छ– लेनको सडकको दायांबायां ढल सहित नाली निर्माण गर्दै आएको सो निर्माण सेवाले साईडमा गुणस्तरहिन सामाग्री प्रयोग गर्दे आएको नेपाली काग्रेसका नेता जितु थापामगरले बताए ।98

हामीले पहिले देखि नै भन्दै आएका थियौ तर ठेकेदारले टेरेन, यसमा सडक डिभिजनका इन्जिनियरको पनि हात रहेको नेता थापामगरले बताए । नालाको ढुंगा जोडाई गर्दा समेत बालुवाले लिपेर जोडिएको छ, सिमेन्टको मात्र नै छैन, साथै पानी त कहिलेै पनि हालेको देखिएन यस्तो अबस्थामा अब हामी टुलुटुलु हेरेर बस्न सक्छौ तसर्थ हामीले जोडिएको र प्लाष्टर गरिएको सबै भत्काईदिएको हो । सांसदको टोलीले समेत आएर हेर्नु भएको छ । कार्बाही गर्ने र ठेकेदारलाई नै पक्रेर हिरासतमा पुराउने कुरा आएको हुनाले स्थानीयबासीहरु चुप लागेर बसेका छन् । नत्र कान्छारामका मान्छेलाई हामीले छोडनेवाला होइनौ– नेता थापामगरले बताए ।
मिस्त्रीहरुले बालुवाले मात्र लिपेको स्थानीयबासीले थाहा पाए पछि ठेकेदार भागेका छन् । स्थानीयहरुले बालुवाले मात्र लिपेर जोडाई र प्लाष्टर गर्दे गरेको देखाउदै ठेकेदार प्रकण प्रहरी तथा स्थानीय प्रशासनलाई गुहार मागेको नेता जितु थापामगरले बताए । ठेकेदार मात्र यसमा दोषी होइन सडक डिभिजनको इन्जिनियरलाई समेत प्रकाउ गर्नु पर्ने स्थानीयको माग छ ।
प्रदेश संसदीय दलका बिपक्ष नेता सांसद केदार कार्कीको टोलीले निरीक्षण समेत गरेको छ । सिमेन्टनै नमिसाई वालुवाले मात्र ईट्टा जोडाइ गर्दे गरेको भेटिए पछी निर्माणमा सम्लग्नहरुलाई प्रशासनीक कारवाहीका लागी संसदमा आवाज उठाउने साथै लापरवाई गर्नेलाई सजायको भागी बनाउनु पर्ने प्रदेश सांसद कार्कीले बताएका छन् ।
विकासको काममा चरम लापर्वाही भएको देखिएपछि स्थानीयहरुले काम रोकेका छन् । पटक पटक वरगाछी देखि टंकी सम्मको भागमा गुणस्तरहिन काम र हरेक विकासमा ढिलाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.