बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी

बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी

बिर्तामोड । झापा विश्व शान्ति तथा एकीकृत परिवार संघ झापाले बिर्तामोडमा ३ दिने पुर्णकालिन सदस्यहरुलाई ३ दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ ।
तालिममा सहभागिहरुले देश बिकासमा युवाहरुको भुमिका तथा बिकाश वृद्धिका लागि युवामा नैतिकता, पबित्रता , जिम्मेवारी र नेतृत्व बिकाश हुने उदेश्यले संचालन गरेको संघका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख प्रशिक्षक पाईनियर लिडर अशोक कुमार चौधरीले बताउनु भयो ।10

उक्त तालिममा संघका मेची सयोजक राजेन्द्र मुर्ति पन्तको अध्यक्षतामा भएको थियो । यसै गरी कन्काई क्याम्पसका सस्थापक केदार धुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो भने दमकका समजसेवि एवं शान्ती दुत मोहन पाण्डे र श्रीमती ध्रुब पान्डेको बिशिस्ट आतिथ्य रहेको थियो । अन्य प्रशिक्षकहरु लोक बहादुर गिरि , अम्बिका पराजुली र राम बहादुर रहेका छन् । ३ दिने तालिममा लेटाङ, धरान, बिर्तामोड , दमकबाट सहभागिता रहेको छ । युवाहरुमा देखिएको विभिन्न बिकृती हरु दुब्र्यसनी, अनैतिक यौन, कलिलो उमेरमा गर्वधारण, अपराधीक कृयाकलापमा सम्लग्न बढी भन्दा बढी हुने गरेकोले युवाहरुलाई देश निर्माणका लागि अधारशिला बनाउने र बलियो शक्तिका रुपमा देखा परोस भन्ने हेतुले यो तालिम संचालन गरेको प्रदेश नं. १ का प्रमुख अशोक कुमार चौधरीले बताउनु भयो । समाजमा सिकाउने मानिसको आबश्यक्ता छ त्यसैले हामी युवा पहिला सिकौ र समाजमा सकारात्मक परिवर्तनका लागि योग्य जनशक्ति निर्माण गर्ने उदेश्य रहेको जानकारी कार्यक्रमका सयोजक राजेन्द्र पन्तले दिनु भयो । उक्त कार्यक्रमको सहजीकरण राम बहादुर लिम्बूले गर्नु भएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *