बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान

बिराटनगरका समाजसेवी गोयलसहित पाँच जनालाई काठमाडौंमा सम्मान

काठमाडौ । झापा मारवाडी समाजले विराटनगरका समाजसेवी दीनबन्धु गोयलसहित मारवाडी समुदायका पाँच जनालाई सम्मान गरेको छ । समाजले काठमाडौंमा भब्य कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा राष्ट्रिय मारवाडी महोत्सवमा गोयलसहित पाँच जनालाई सम्मान गरेको हो ।

भृकुटी मण्डपमा आयोजित कार्यक्रममा समाजसेवी गोयल, उद्योगी एवम् सांसद् विनोद चौधरी, प्रदेश सभासद् ओेमप्रकाश सरावगी, डाक्टर जगदीशप्रसाद अग्रवाल र साहित्यकार लक्ष्मण नेवटियालाई सम्मान गरिएको थियो । सभामुख कृष्णबहादुर महराले गोयलसहित पाँचै जनालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले सम्मानित सबैलाई माला पहि¥याए । झापा मारवाडी समाजका अध्यक्ष मदन मित्तलले भद्रपुरमा जन्मिएर त्यहीँ विद्यार्थी जीवन बिताएका समाजसेवी गोयलको कर्मक्षेत्र विराटनगर रहे पनि झापामा उनले विगत १५ वर्षदेखि सेवाका कार्यलाई निरन्तरता दिएको जानकारी दिए । झापाका एक दर्जन सामुदायिक विद्यालयका छात्रछात्रालाई गोयलले प्रत्येक वर्ष छात्रवृत्रि, पोशाक र छात्रवृत्ति वितरण गरिरहेको अध्यक्ष मित्तलले उल्लेख गरे । कार्यक्रममा मारवाडी संस्कृति झल्काउने विभित्र सांस्कृतिक कार्यक्रम, राजस्थानी कठपुतली नाच, माटाका भाँडा, लाहाका चुरा, मोही पार्ने कला, अत्र पिस्ने जाँतोको प्रदर्शन गरिएको थियो । कार्यक्रममा मारवाडी समुदायले रुचाउने बाजराको रोटी, बाजराकै खिचडी, बिकानेरी पराठा, पञ्चमेलाको साग, दालबाटी चुर्मा, मुङ दालको हलुवा, राजस्थानी छोकुवा भात, कडी लगायतका २० भन्दा बढी राजस्थानी परिकार राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.