संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्छौः मन्त्री यादव

संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्छौः मन्त्री यादव

चितवन / उद्योगमन्त्री मातृकाप्रसाद यादवले संचालनमा नआउने नीजि उद्योगलाई राष्ट्रियकरण गर्ने चेतावनी दिनुभएको छ । प्रेस सेन्टर नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले बन्द उद्योग तथा कलकारखाना छिट्टै नै पुनःसञ्चालनमा आउने दावी गर्नुभयो । “सरकारले जुन उद्योग करलकारखाना नीजिलाई दिएको छ,त्यसको रिपोर्ट तयार गर्दै छौं,उहाँले भन्नुभयो,चलेका उद्योगलाई सहयोग गर्छौ,नचलेकालाई राष्ट्रियकरण गर्छौ ।” सरकारले निजिकरण गरेका कतिपय उद्योगहरु चलाउने भन्दा पनि साईनबोर्ड झुड्याउने र त्यसको नाममा व्यापार गर्ने गरेको यादवले बताउनुभयो । उहाँले दाता खाजेर भएपनि देशमा उद्योग कलकारखाना संचालन गरेरै छाड्ने दावी गर्नुभयो । बैदेशिक लगानी,नीजि क्षेत्र र आम जनताको लगानी उठाएर उद्योग संचालन गरिने उहाँको भनाई छ । बाइट मन्त्री यादवले देशमा अब धमाधम उद्योग कलकारखाना संचालन हुने भन्दै छिट्टै सरकारले फलाम उद्योग संचालन गर्न लागेको जानकारी दिनुभयो । “राष्ट्रिय उद्योग वेचेर खाने विगतको परम्पराले गर्दा उद्योग व्यबसाय फस्टाउन नसकेको हो, उनले भन्नुभयो, नेता कर्मचारी कमिसनको लोभमा फस्दा उद्योगको विकास हुन सकेन ।” नेपालमा खुल्ला बजार नीति र उदारीकरणको गलत प्रयोग भएको उहाँको भनाई छ । “सरकारी धन भनेपछी जस्ले पनि लुट्न खोज्ने र खाइहालौं भन्ने प्रवृती छ,मन्त्री यादवले भन्नुभयो,गाँउको विकास गराउन पाठाएको रकम पनि कसरी खाँउ भन्नेमा मात्रै सबैको केन्द्रित छन् ।” देशमा आर्थिक विकास गरेर सुशासन तर्फ लैजान बाम गठबन्धनको सरकार केन्द्रित भएको उहाँले बताउनुभयो । अर्को प्रसंगमा मन्त्री यादवले जनताको जनादेश अनुसार नेकपा एमाले र माओवादी बिच पार्टी एकता आबश्यक रहेको स्पष्ट पार्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.