उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी

उदयपुरको टाईपब्रेकरमा चर्चब्वाईजलाई १ का विरुद्ध ४ गोल गर्दै संकटा विजयी

उदयपुर  । चर्चब्वाईज युनाईटेडलाई टाईपब्रेकरमा १ का विरुद्ध ४ गोल गर्दै संकटा क्लव कटारीमा जारी चौथो कटारी मेयर गोल्डकपको सेमी फाईनलमा प्रवेश गरेको छ ।

खेल अवधिमा २–२ गोलको बराबरी भएपछि टाईब्रेकरबाट नतिजा निकालिएको हो । खेलको ४६ औं मिनेटमा चर्चका भुवन वस्नेतले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा चर्चका नाईजेरियन खेलाडी साईला ईल्भाले संकटाका म्याक्सवेललाई लडाएपछि पाएको फ्रिकलाई डिबक्समा नियन्त्रणमा लिएर संकटाका टम्पी ईरनेटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६९ औं मिनेटमा भुषण सुब्बाले आकर्षक गोल गर्दै चर्चलाई फेरी अग्रता दिलाए । तर ९२ औं मिनेटमा टम्पीले नै अर्को गोल फर्काएपछि खेल बराबरीमा सकियो । अन्तत टाईपब्रेकरमा संकटाका अनिल गुरुङ्ग , प्रकाश बुढाथोकी , विश्व अधिकारी र सरोज विश्वकर्माले गोल गरे । चर्चका लागि विश्वास श्रेष्ठको प्रहार मात्रै गोलमा परिणत भयो । चर्चका रोशन पहाडीको पेनाल्टी संकटाका गोल रक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए , पाल्साङ्ग लामाको पेनाल्टी गोलपोष्टभन्दा माथिबाट बाहिरियो । मंगलबारको खेलमा संकटाका टम्पी ईरनेट म्यान अफ द म्याच भए । उनले नगद ५ हजार पाए ।जित संगै संकटा अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पहिलो सेमी फाईनल खेल झापा ११ र सहारा क्लब पोखराबीच हुनेछ ।संकटाले विहिबार गोर्खाब्वाईज रुपन्देहीसँग प्रतिष्पर्धा गर्नेछ । ८ टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख ट्रफी हात पार्नेछ । उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने मूल आयोजक समितिका अध्यक्ष दिवश कटुवालले बताए । गोल्डकप आगामी चैत्र १७ गते सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.