प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी

प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी

विराटनगर । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ ।
टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका विशाल मण्डलले ३८ रन लिइएका थिए ।
टस जीतेर ब्याटीङ्ग गरेको कदमाहाले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४० रन जोड्दा पैचाका लागि सर्वाधिक रन लिन सफल मण्डलले ३ विकेट लिइएका थिए । मण्डल खेलको म्यान अफ दी म्याच घोषित भएका छन् ।
स्थानीय जनकल्याण् विकास समाजद्वारा आयोजित क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागीता रहेको आयोजकका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिनुभयो । खेलमा विजेताले ५५ हजार नगद र उप–विजेतालाई ३१ हजार ५ सय नगद राशीको पुरस्कार प्रदान गरिने छ । यसैगरी मेन अफ द सिरिजले १ ग्राम सुन पाउनेछन् ।
अर्को खेल शनिबार विहान १० बजेदेखि रंजनी र कटहरी तथा दिउँसो २ बजे बवियाविर्ता र कालाबन्जरबीच हुने आयोजकका दिलिपकुमार महतोले जानकारी दिनुभयो ।
क्रिकेट प्रतियोगिताको सांसद एवं पूर्व मन्त्री शिवकुमार मण्डलले उद्घाटन गर्नु भएको थियो । उहाँले गाउँ–गाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुदाँ संभावित राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्रिकेट ब्याटीङ्ग गर्दै खेलको उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा कटहरी, धनपालथान गाउँपालिका एवं रंगेली नगरपालिका र विराटनगर महानगरपालिकाका १६ वटा टिमको सहभागिता रहेको छ । जनकल्याण विकास समाजले हंश बाहिनी आधारभूत विद्यालयमा आयोजना गरेको प्रतियोगितामा दुई लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक समितिका अध्यक्ष श्रीराम चौधरीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार र दोस्रो हुनेले ३१ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । उहाँका अनुसार म्यान अफ दी सिरिजलाई एक ग्राम सुन पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.