पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो

पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो

बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् ।
समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् ।

?

बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं नभएको दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व हामी बिद्यार्थीहरुको पनि भएको यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिद्यार्थी यम मगरले बताए । सबै बिद्यार्थीहरुले समाजलाई बिस्तारै परिबर्तनको बाटो तिर लैजान हामी सबैको जुट्नु पर्ने भएकोले हामी बिद्यार्थी जीवनबाट शुरुआत गर्नु पर्ने भएको हुदां यो अभियानलाई निरन्तर अगाडि बढाउनु पर्नै र कलेज हामीलाई साथ दिनु पर्ने बिद्यार्थी निश्मा नेपालले बताईन् । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरको अगुवाईमा प्रभातफेरी सम्पन्न भएको छ ।
बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित ब्यानर लिएर बिद्यार्थीहरुको जुलुस पूर्वाञ्चल बिश्वबिद्यालयबाट निस्केको थियो । सो रयाली भकुण्डे चोक हुदै नोबेल डेरीबाट पुष्पलाल चोकबाठ एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोण सभा गरी टुगिएको थियो । बिराटनगर महानगरपालिका संग सम्वन्य गरी बिभिन्न सामाजिक क्षेत्रमा काम गर्न बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीले जनाएका छन् । रयालीको उदघाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्ले गरेका थिए भने समय समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदा कलेजको नाम समेत रहने हुदां बिद्यार्थीहरु यस्ता समाज परिबर्तनका काममा लाग्ने बिद्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्र्राफिक कार्यालय मोरगंको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने काम समेत भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *