पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण

पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण

बिराटनगर । बिश्व जागरण महाअभियान ट्रष्ट ललितपुरले बिभिन्न समयमा धार्मिक पर्यटनबाट राष्ट्रको प्रबद्र्धन भन्ने मुल नाराका साथ पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको पशुपति कोटीहोम–२०७४ को खर्च तथा आम्दानीको आयब्यय सार्बजनिक गरेको छ ।
गत फाल्गुन ३ गते देखि सन्चालन गरेको कोटीहोम फाल्गुन १९ गते सम्म सन्चालन भएको थियो जसमा ५ लाख भक्तजनहरुले श्रवण गरेका थिए । सो अबसरमा बिभिन्न स्थानबाट आएका भक्तजनहरुले आफनो गच्छे अनुसार भेटीदान देखि तुलादान सम्म गरेका थिए । सोही समयमा भएको आम्दानी र खर्चको बिबरण सार्बजनिक गरेको आयोजक संस्था बिश्व जागरण महाअभियान ट्रस्टले पत्रकार सम्मेलन गरी सार्बजनिक समेत गरेको छ । यसरी धार्मिक पर्यटन कार्यक्रममा हुने आम्दानी र खर्चको लेखा जोखा गरी पारदर्शिता बनाउन जरुरी भएको हुनाले पशुपति कोटीहोमको आयब्ययलाई संस्थागत रुपमा नै सन्चारमाध्यमबाट सबै kkkkkkkkभक्तजनहरुलाई थाहा दिनका लागि आयोजक संस्थाले बिज्ञप्ती समेत जारी गरेको छ ।
बिभिन्न शिर्षकहरु मेडिया सन्चार प्रचार खर्च, पण्डाल खर्च, जग्गा भाडा खर्च, बिभिन्न ब्यबस्थापन खर्च लगायत भक्तजनहरुलाई भोजन समेतको कुल खर्च ९४ लाख ७३ हजार २ सय २६ भएको छ भने २ करोड ५५ लाख ८६ हजार १ सय ७१ कुल आम्दानी भएको छ ।
१ सय २ वटा रसिद प्याड मध्ये ९७ वटा रसिद पुर्णरुपमा काटिएको र बाकीको केही अंश मात्र काटिएको रसिद छ । अक्षयकोषमा जम्मा गरिएको सो रकम, भक्तजनहरुबाट संकलित रकम, दानहरु अक्षयकोषमा नै जम्मा हुनेछ भने अन्य शिर्षकबाट प्राप्त रकमहरु आश्रम निर्माणमा खर्च हुने इश्वर कृष्ण महाराज जीले बताउनु भयो । महाराज जीले थप्नु भयो –हामी जुन स्थानमा जहां यज्ञ गछौ, गिता रामायण पाठ गरी भक्तजनहरुलाई सुनाउछौ भक्तजनहरुबाट आएको रकमलाई सहि स्थानमा लगाउछौ साथै आम्दानी खर्चलाई सार्बजनिक गर्छौ । बिराटनगर महानगरपालिका नजिकै रहेको टंकीसिनवारीको मिलन चोकमा भएको सात दिने महायज्ञबाट उठेको सम्पुर्ण आम्दानी सोही स्थानमा निर्माण हुने मन्दिरका लागि महाराज जीले प्रदान गर्नु भएको छ । सो यज्ञमा महाराजजीले वाचन गर्नु भएको थियो । बिराटनगरबासीहरुले टंकीसिनवारीमा धेरै सहयोग र मन्दिर निर्माणका लागि लगाएको गुणका कारणले महाराज जीलाई सधै सम्झीरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.