संघीय संसदको पहिलो बैठक आज

संघीय संसदको पहिलो बैठक आज

आज संघीय संसदको पहिलो बैठक बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयन गर्ने मिति तय गर्ने कार्यसूची छ । निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसदले औपचारिकता पाएको छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार दुबै सदनको पहिलो बैठकको कार्यसूची करिव तय भएको छ ।प्रतिनिधि र राष्ट्रिय सभाको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ । त्यसपछि संसदको बैठक आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने र प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रतिनिधिसभाले फागुन २६ गतेका लागि सभामुख चयनको मिति तय गर्नेछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण गर्नेछ । राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी आजको बैठकले मिति तय गर्ने निश्चित छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.