पत्रकार रौनियार भारतमा सम्मानित

पत्रकार रौनियार भारतमा सम्मानित

विराटनगर | पत्रकार चन्दन रौनियार भारत बिहारको सुपौलमा भएको एक कार्यक्रममा सम्मानित भएका छन। सुपौलमा ईन्टरनेशनल प्रेस क्लबले गरेको अन्तराष्ट्रिय पत्रकार सम्मान समारोह एवं परिचर्चा कार्यक्रममा पत्रकार रौनियार सहित सुनसरी, मोरङ, झापा, सिरहा, धनुषा र बारामा कार्यरत कृयाशिल पत्रकार सम्मानित भएका हुन।

सम्मानित हुनेमा हिरा शाह,श्याम सुतिहार, पदम सरदार, बिकास राजवंशी, नितेष चौधरी, अनिल बर्मा,  गणेश कुमार शर्मा र पारसमनि ठाकुर छन्। कार्यक्रममा बिभिन्न लेख रचना, समाचार, सन्देश सम्प्रेषण गरि आम सञ्चारमार्फत नेपाल भारत मैत्री सुदृढीकरणका मुद्दामा शशक्त कलम चलाउन प्रोत्साहन स्वरुप उनिहरुलाई सम्मान गरिएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *