स्वर्ण पदकमा अगाडि आर्मी

स्वर्ण पदकमा अगाडि आर्मी

तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो ।
८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते ।
५७ केजमिा नेपाल आर्मीकी ज्ञानी चुनाराले पहिलो भइन् । स्वर्ण पदकको भिडन्त मध्यमाञ्चलकी करुणा थापाले बीचमै खेल परित्याग गरेपछि चुनारालाई फाइनल जित्न धेरै परिश्रम गर्नुपरेन । यस इभेन्टमा मध्यपश्चिमाञ्चलकी सपना सारु मगर र सीता तामाङ संयुक्तरुपमा तेस्रो भए ।
५३ केजी महिला तौल समूहमा सुदुरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीकी निमा गुरुङले स्वर्ण पदक हात पारिन् । मध्यमाञ्चलकी रेश्मा थापा मगर र पश्चिमाञ्चलकी होमकुमारी गुरुङले कांस्य जिते । ६२ केजी तौल समूहमा एपीएफकी संगिता बस्यालले स्वर्ण पदक चुमिन् । संगीताले फाइनलमा पूर्वाञ्चलकी सुष्मा श्रेष्ठलाई निराश पारिन् । मध्यपश्चिमाञ्चलकी प्रतिभा थारु र पश्चिमाञ्चलकी एलिसा केसीले काश्यमा चित्त बुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.