सरकारी विद्यालयको कम्पुटर शिक्षकको घरमा

सरकारी विद्यालयको कम्पुटर शिक्षकको घरमा

मोरङको भौडाहा गाबिस–१ मा अवस्थित सुन्दर नि.मा.बि.का लागि जिल्ला शिक्षा कार्यालय मोरङले दिएको दुई थान कम्पुटर शिक्षकको घरमा प्रयोग गर्ने गरेको भेटीएको छ ।
सो विद्यालयका निमीत्त प्रधानाध्यापक दिपक ढुङगेलका अनुसार विद्यालयमा सो कम्पुटर चोरी हुने डरले शिक्षा कार्यालयले दिएको दुई वटा कम्पुटर शिक्षक सुनिल कुमार मुडीयारीको घरमा राखीएको हो । शिक्षक मुडीयारीका घरका सदस्यहरुले विद्यालयको कम्पुटर प्रयोग गर्ने गरेको पाइएको छ ।
सो विद्यालयका प्रधानाध्यापक सिध्यानन्द सरदार र निमीत्त प्रधानाध्यापक दिपक ढुङगेल विचको आर्थिक बिवादले पोल खोला खोल भए पछी सो रहस्य खुलेको हो । जिल्ला शिक्षा कार्यालय मोरङले सो विद्यालयका विद्यार्थीलाई पढाउन प्रति कम्प्युुटर रु. ५० हजार पर्ने विद्यालयलाई उपलब्ध गराएको थियो ।
शिक्षक सुनील कुमार मुडीयारीले विद्यालयमा कम्पुटर चोरी हुने डरले मैले आफनै घरमा लगेर कम्पुटर राखेको छु तर मेरो कुनै लुकाउने मनसाय भनि होइन् । जिल्ला शिक्षा कार्यालय मोरङले यस विषयमा कुनै प्िरतक्रिया जनाएको छैन । जिल्ला शिक्षा कार्यालय मोरङका विद्यालय निरीक्षक बलराम पराजुलीले सो विषयमा बिद्यालय संग बुझेर मात्र बताउने भन्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.