आयातित चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका चामल उद्योगहरु बन्द

आयातित चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका चामल उद्योगहरु  बन्द

पर्सा र बाराका २ सय ५० चामल उद्योग भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।

वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.