माघ २९मा सभामुख चयन

माघ २९मा सभामुख चयन

ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा बसेको संघीय संसद सचिवालयको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । बैठकले सभामुखका लागि मनोनयनपत्र दर्ता माघ २८ गते र मतदान २९ गते दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । उपसभामुखका लागि मनोनयपत्र दर्ता फागुन २ र मतदान ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सर्वजित राईले बताए । वाम गठबन्धनबीच भागबन्डाका आधारमा सभामुख एमालेको पक्षमा परेको छ । गठबन्धनको यो प्रदेशमा दुईतिहाइ पुग्छ । प्रथम अधिवेशन आज (सोमबार) १ बजे बस्दै छ । बैठकमा प्रदेश १ को सभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका प्रतिनिधि सदस्यहरू सहभागी थिए । बैठकमा संसद सचिवालयका सचिव वीरेन्द्रवहादुर कार्कीको पनि उपस्थिति थियो । सचिव कार्की पहिलो बैठक सञ्चालनका लागि शनिबार विराटनगर आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.