मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबलाई

मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबलाई

मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । मोफसलको सबैभन्दा बढी पुरस्कार राशिको उपाधि जित्दै थ्रीस्टारले डेढ वर्षपछि घरेलु फुटबल सुखद पुनरागमन गरेको छ । त्यसका लागि थ्री स्टारले चिर प्रतिद्वन्द्वी मनाङ मस्र्याङी क्लबलाई शनिबार फाइनलमा १–० ले पराजित गरेको थियो । थ्री स्टारको उपाधि जितमा बुद्ध चेम्जोङले गरेको गोल निर्णायक भयो ।पहिलो हाफको ३६ औं मिनेटमा विमल घर्तीमगरको पासमा मनाङका तीन डिफेन्स मुसा, विमल बस्नेत र रवि थापालाई बिट गर्दै बुद्धले दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो । दुवैबाट खेलभर धेरै प्रयास भए पनि गोल थपिन नसक्दा १–० कै स्थितिमा खेल टुंगियो । थ्रीस्टार क्लब १२ लाख रुपैयाँ जित्दा मनाङले ५ लाखमै चित्त बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.