आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक २२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।
पुरुष १० हजार मिटर दौडमा गोपीचन्द पार्की पहिलो भए । उनले निर्धारित दूरी ३१ मिनेट ३९.०५ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको महिलामा ३७ मिनेट १६.९० सेकेन्ड समय खर्चदै एपीएफकी कान्छीमाया कोजु स्वर्ण जित्न सफल भइन् । पुरुष ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल पहिलो भए । उनले ४९.६८ सेकेन्ड समय खर्चे । सोही स्पर्धाको महिलामा आर्मीकी संगीता मेचे पहिलो भइन् । निर्धारित दूरी संगीताले १ मिनेट ०२.६० सेकेन्डमा तय गरिन् । ४ सय मिटर पुरुष हर्डल्समा आर्मीका रामप्रसाद थारु पहिलो भए ।
४ गुणा १० मिटर रिलेको पुरुषमा आर्मी पहिलो, मध्यमाञ्चल दोश्रो र एपीएफ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा एपीएफ तेश्रो भए ।

1 3

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.