डा. केसीले आज अनसन तोड्ने, केसी र सरकारबीच ५ बुँदे सहमति

डा. केसीले आज अनसन तोड्ने, केसी र सरकारबीच ५ बुँदे सहमति

गएराति  करिब २ घन्टासम्म चलेको वार्तापछि अनसनरत डा गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको छ ,  सहमतिसँगै डा केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ । सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहराले नेतृत्व गर्नुभएको टोलीमा  स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल समेत सहभागी हुनुहुन्थ्यो भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल लगायतको सहभागिता थियो । मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको प्रक्रिया समेत अघि बढ्ने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.