प्रदेश १ को राजधानी अन्योलमै

प्रदेश १ को राजधानी अन्योलमै

प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर  कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ ।

विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा भएकाले भन्दै उद्योगी–व्यवसायी, राजनीतिक दल र अन्य संस्थाहरुले प्रादेशिक राजधानी बनाइनुपर्ने माग राखेका छन् ।

यसैगरी धरानका बासिन्दाले  धरानलाई नै राजधानी बनाइनुपर्ने माग गरिरहेका बेला सुनसरीकै इटहरीमा पनि राजधानी राख्नुपर्ने माग पनि उठिरहेको छ । राजधानी कहाँ रहने भन्ने तय हुन नसक्दा यही विषयलाई लिएर विभिन्न जिल्ला र स्थानका बासिन्दा आन्दोलनमार्फत् दबाब दिइरहेका छन् ।

प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलकै बीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरेको छ । मन्त्रालय र मन्त्रीहरुका लागि निवास, मुख्य सचिवको कार्यालय, सचिवालयहरुका लागि आवश्यक भवनका लागि सहरी विकास मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा सरकारी कार्यालयहरुका भवनको अवस्थाबारे अध्ययन भइसकेको छ ।

प्राविधिक टोलीले मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चलविश्व विद्यालयका भवनको समेत अध्यायन गरेको थियो ।सम्पूर्ण पूर्वाधारहरु भएको एकै स्थानमा रहेकाले त्यसलाई पनि सम्भावित ठाउँका रुपमा हेरिएको थियो । तर आउँदो बर्षदेखि विश्वविद्यालयले चिकित्साशास्त्र अध्यापन सुरु गर्ने तयारी गरेकाले उक्त स्थानमा राजधानी बस्ने सम्भावना नदेखिएको एक सरकारी अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.