किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

किनबेचले कुनै असर नपर्ने : भानुभक्त ढकाल मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार

पथरी । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले आफ्नो क्षेत्रमा भोट किनवेचका गतिविधिले वाम गठवन्धनलाई कुनै असर नपर्ने बताउनु भयो ।
मोरङ ३ अन्तर्गत कानेपोखरीको शुक्रबारेमा आज बृहत घरदैलो अभियान अघि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढकालले वाम गठवन्धनको पक्षमा जनलहर रहेकाले नेपाली कांग्रेस लक्षित गर्दै उसको गतिविधिले असर नपर्ने भन्दै आफ्नो जित बहुमतले हुने दावी गर्नुभयो ।
वाम गठवन्धनका लागि सूचना तथा सञ्चार उपसमितिको आयोजनामा उम्मेदवारहरुसागको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहााले राजनीतिक हिसावले हेर्दा आफ्नो क्षेत्रमा दर्विलो अर्काे प्रतिष्पर्धी नै नदेखिएको समेत भनाई राख्नु
उहााले आफुले आफ्नो क्षेत्रमा आदिवासी जनजाती प्रतिष्ठान एवम् संग्रहालय निर्माण, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीको समस्या समाधान, खोला कटान तटवन्धन, पर्यटन प्रवद्र्धन, तेलखानीको अनुसन्धानका प्रमुख विषयहरु उठान गरेर त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रदेश क की माओवादीतर्फकी उम्मेदवार गीता तिम्सिना र एमालेतर्फकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले महिला अधिकार, युवा स्वरोजगार सहितको विकासको व्यवस्थापन गर्न आफूहरु प्रतिवद्ध रहेको जनाउनु भयो ।
घरदैलो अभियानका रुपमा गाउा गाउाबाट उत्साहपूर्वक जुटेको ऱ्यालीमा २ हजार ५ सयको हाराहारीमा एमाले, माओवादी केन्द्रका नेता, कार्यकता, शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उता, नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सुनील शर्मा र प्रदेश क का उम्मेदवार सूयर्माराज राईले सोही क्षेत्रको पथरीशनिश्चरे र कानेपोखरीमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *