मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो

मिक्लाजुङमा बाम गठबन्धनको प्रती जनलहर बडदो

मधुमल्ला ।  मिक्लाजुङ मा मात्रै एकै दिन ३५० कार्यकर्ता बाम गठबन्दनमा प्रवेश मधुमल्ला मंशिर , २ चुनाबको मिति नजिकीँदै मोरङको निर्वाचन क्षेत्र नं. १ क मा बाम गठबन्धन तर्फ जनलहर बढ्दै गएको छ ।

मिक्लाजुङ गाउँपालीका वाड नं. ७ मधुमल्लामा बाम गठबन्धनको निवार्चन कार्यालय उद्घाटन कार्यक्रममा धर्म श्रेष्ठ, सबुरलाल चौधरी, जितेन्द्र भण्डारी, जिवन नेपाल, हुकुम बहादुर पौडेल सहित ३५० बढी नेता कार्यकर्यकता नेपाली कांग्रेस र रा.प्र. पा. mm3परित्याग गरी बाम गठबन्धनमा प्रवेस गरेका छन । नव प्रवेशीहरुलाई बाम गठबन्धनका नेता गुरु बरालले टिका तथा माला लागाई पार्टी प्रवेश गराउनु भएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता बरालले मुलकको अस्थिरता लाई हटाई देशमा समृद्धी ल्यानका लागी बाम गठबन्धन आजको आवस्यकता र नेपाली जनताको माग रहेको दावी गुर्न भयो । कार्यक्रममा एमाले केन्दीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, भुपाल जि.मि. ले मन्तव्य राख्नु भएको थियो । बाम गठबन्धनका मोरङ १ क का प्रतिनीधी सभाका उम्मेद्धार घनश्याम खतीवाडाले मोरङ क्षेत्र नं. १ क बामहरुको लाल किल्ला भएकाले यस क्षेत्रमा गठबन्धनको जित निश्चीत हुने दाबी गर्दै जनताका शुख दुखमा निरन्तर साथ दिने कुरमा आफु प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा ए.माओबादीका केन्द्रिय सदस्य लक्ष्मी पौडेल, प्रदेश इन्चार्ज प्रेम मिवकले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम बाम गठबन्धन मिक्लाजुङका संयोजक दिनेश पौडेलको सभापतीत्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.