मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल

मतदातालाई आफ्नो पार्न चुनाबलाई कहिले पिढी र कहिले कोण सभा गर्दै क. कुशल

उर्लाबारी । वाम गठबन्धन मोरङ क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) यतिबेला पिढी सभा र कोण सभामा ब्यस्त रहेका छन् ।
शनिबार पनि उर्लाबारीका विभिन्न वडाहरुमा पिढी सभा तथा कोण सभामा प्रदेश सभाका उम्मेद्वार कुशल लिम्बुले सम्बोधन गर्दै वाम गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, माओबादीका पोलिटब्यूरो सदस्य महेन्द्रजंग तामाङसहितको टोली पिढी सभा र कोण सभामा सक्रिय रहेको छ । उर्लाबारी–७ को नमूना चौक, मूनाल टोल, बरगाछी, कुलुङ चौकमा पिढी सभा भएको छ । त्यस्तै, उर्लाबारी–१, ५, ६ र ९ को संयुक्त वडा भेला कार्यक्रम भएको छ । उक्त कार्यक्रममा प्रदेश सभा (क) का उम्मेद्वार कुशल, प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार ममता राजवंशीलगायतको सहभागिता रहेको थियो । उम्मेद्वारहरुले स्थायी सरकार र दिगो विकासका लागि एक पटक वामपन्थी गठबन्धनलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । क्षेत्रको सम्रग विकासका लागि आफूले उम्मेद्वारी दिएको प्रष्ट पार्दै कुशलले भने–‘ पााच बर्षमा मोरङ क्षेत्र नं.–१ लाई विकसित र समृद्ध क्षेत्रका रुपमा विकसित गराउने छौं ।’ जनतालाई झुटो आश्वसन आफूले नदिएको उल्लेख गर्दै मोरङ क्षेत्र नंं. १ मा वामगठबन्धनले जिते विकासको लहर लाग्ने उनको दाबी छ । ‘जनताले अब विकास र समृद्धी चाहेका छन्, त्यो वाम गठबन्धनको नेतृत्वमा मात्र पूरा हुन सक्छ’ उनले भने–‘ अब आमूल परिर्वतनका लागि वाम गठबन्धनलाई मत दिनुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.