पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे

पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे

मोरङ । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पथरी नगरपालिकाका युवाहरुले पथरी युवा वाम गठबन्धन निर्माण गरी घोषणा गरेका छन् ।
वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पार्टी समेत एकीकरण गर्नुपर्ने खवरदारी सन्देशका साथ नेकपा एमाले र माओवादी केन्द्र आवद्ध मोरङको पथरीशनिश्चरे नगरका युवाहरुले निर्वाचन प्रचारप्रसार सहितका विभिन्न उपसमिति निर्माण गरेका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत ‘क’ उपक्षेत्रमा पर्ने पथरीशनिश्चरेको वडा नम्बर १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडाका दुवै पार्टीका युवाको भेलाले निर्वाचन प्रचार प्रसार सहितका उपसमिति गठन अभियान अघि बढाएका छन् । जस अन्तर्गत बुधबार पथरीशनिश्चरे १ मा एमाले १ नम्बर शाखा अध्यक्ष भीमकुमार राईको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रका जिल्ला सदस्यमा जयमान लिम्बू र सचिवमा एमालेका १ नम्बर शंखा सचिव भूमिनन्द ढकाल रहेका छन् । त्यस्तै, भीमकुमार राई संयोजक र भूवनसिंह लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय सचिवालय गठन भएको छ । तुलसीराम ढकाल इञ्चार्ज, जयमान लिम्बू सहइञ्चार्ज र भूवनसिंह लिम्बू संयोजक रहेको ११ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ । अवको बैठकले आर्थिक व्यवस्थापन, युवा परिचालन, महिला परिचालन, वाणिज्य विभाग, श्रमिक परिचालन, मतदाता शिक्षा, होटल व्यवसायी परिचालन उपसमिति समेत गठन गरी निर्वाचन अभियानलाई प्रभावकारी बनाइने योजना रहेको मुल संयोजक भीमकुमार राईले जनाए । युवा भेलामा, एमालेका जिल्ला सल्लाहकार मानप्रसाद लिम्बू, माओवादी केन्ऽका केन्ऽीय आयोजक समिति सदस्य दिनानाथ तिम्सिना, एमालेकी समानुपातिक उम्मेदवार कृष्णकुमारी राईले वाम गठबन्धनलाई प्रभावकारी बनाई बहुमत हाासिल गर्दै पार्टी एकीकरण कार्यमा सवैलाई सक्रिय बनाउनु पर्ने धारणा राखेका छन् । पैसा र स्वास्थ्य शिविरको क्षणिक भ्रममा नपरी देश विकासका लागि आवश्यक रहेको वामपन्थीहरुको सरकार निर्माण गर्नु आवश्यक रहेको कुरा गाउागाउामा प्रष्ट्याउनु पर्नेमा उनीहरुको जोड छ । सो क्षेत्रमा प्रतिनिधिसभाका लागि एमालेका प्रभावशाली नेता भानुभक्त ढकाल तथा प्रदेशसभा ‘क’ उपक्षेत्रमा माओवादीकी युवा नेतृ गीता तिम्सिना र ‘ख’ उपक्षेत्रमा एमालेका युवा नेता राजकुमार ओझा उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.