भेटघाट र घरदैलो गर्दै प्रदेशसभाका उम्मेदवार:– क. सुशिल

भेटघाट र घरदैलो गर्दै प्रदेशसभाका उम्मेदवार:– क. सुशिल

उर्लाबार्री .
गणेश उप्रेती ‘सुशील’ नेकपा माओबादी केन्ऽ मोरङका एक जुझारु, गतिशिल युवा नेता हुन् । ०५३ सालदेखि क्रान्तिकारी बिद्यार्थी हुादै वामपन्थी राजनीतिमा हाम फालेका उप्रेती ०५६ सालमा जेल परेका थिए । इलाम, विराटनगर, राजविराजको जेलमा दुई बर्ष यातना भोगेका उनी पार्टीमा सुशिल नामले चिनिन्छन् । विभिन्न समयमा गरी दुई पटक मोरङको माओबादी आन्दोलनको नेतृत्व सम्हालिसकेका उनी हाल पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा छन् । पार्टीभित्रका कार्यकर्ताहरुलाई गम्भिर प्रशिक्षण दिन सक्ने उप्रेती विपक्षीलाई गतिलो प्रहार गरी भाषण गर्नेमा चर्चित छन् । पार्टीभित्र बौद्धिक एबं बैचारिक नेताका रुपमा स्थापित उनी रतुवामाई–५ का स्थायी बासिन्दा हुन् । पार्टी काम जस्तै उनी लेखनमा पनि उत्तिकै दख्खल राख्छन् । जनविऽोह दैनिक पत्रिकाको सम्पादकसमेत भइसकेका उप्रेतीले आफ्नै एउटा कथा संग्रह प्रकाशित गरेका छन् । उनको अर्काे कविता संग्रह प्रकाशनको तयारीमा छ । उनी साहित्यमा शशीकिरणको नामले परिचित रहेका छन् । उनै बहुप्रतिभाका धनी नेता उप्रेती यतिबेला मोरङ क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य उम्मेद्वार बनेका छन् । (क) अन्तरगत पर्ने रतुवामाई नगरपालिका र सुनबर्षी नगरपालिका वडा नं. ६, ७, ८ र ९ मा एमाले र माओबादीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उनले प्राथमिकताका साथ अघि बढाएका छन् । वाम गठबन्धनबीच चुनाबी तालमेल पश्चात उत्साहित बनेका उनी चुनाव जित्नेमा ढुक्क देखिन्छन् । जनताले अब वामपन्थी गठबन्धनलाई दुई तिहाई मत दिएर पााच बर्षसम्म स्थायी सरकार र समृद्ध शहर बनाउने अभियानमा सहयोग गर्ने उनको भनाई छ । भेटघाटको क्रममा एमाले र माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरुबाट सकारात्मक प्रतिकृया पाएका उनी यतिबेला जनताको घरदैलोमा पनि पुगिरहेका छन् । उनले आफूलाई गोलाकारभित्रको हसिया हाथौडासहित वामपन्थी गठबन्धनलाई अत्याधिक मत दिई विजयी गराउन जनसमूदायलाई अपिल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.