आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित

आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित

बिराटनगर । एमालेका पोलिटव्युरो सदस्य तथा पूर्बमन्त्रि लालबाबु पण्डितले विराटनगरलाई महानगर हुनबाट बन्चित गराउने कााग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला नै भएको जिकिरे गरेका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष कााग्रेस केन्द्रिय सदस्य कोइरालाले बिभिन्न अडचन हालेर असफल बनाएको र आफनो भोटको राजनिती गरेको बताए । अहिले कागजमा बनेको महानगरपालिकाले विराटनगरबासीको पुर्वाधारमा कुनै काम नगर्ने भएको हुदां यसलाई बनाउन र महानगरको स्तर उकास्न सकिने बताए ।llll
एमाले पार्टीले तत्कालीन टङ्कीसिनवारी गाविस समेतलाई गाभेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने अभियान चलाएको तर स्थानीय तह पुन:संरचना आयोगमा गएर बुझदा आयोगका अधिकारीहरुले नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालालाई राजी गराउनुहोस् अनि मात्र हामी विराटनगरलाई महानगरपालिका बनाउछौ र टङ्कीसिनवारीलाई पनि महानगरपालिकामा गाभ्न सकिने जानकारी दिएको तितो अनुभव सुनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पण्डितले आफू मन्त्री हुदा गरेको कामलाई स्मरण गर्दै भने,‘विराटनगरलाई महानगर बनाउन स्थानीयले सरकार समक्ष प्रस्ताव गरेका थिए तर कााग्रेस नेता कोइरालाले आपत्ति जनाउदै महानगर बन्न दिएनन् ।’
पूर्वमन्त्री समेत रहेका पण्डितले चुनावी स्वार्थ पुरा गर्न कोइरालाले तत्कालको टंकिसिनवारी गाविसका जनताहरु विराटनगरमा गाभिन तयार रहेको भएपनि उनले अस्विकार गरी बाधा उत्पन्न गराएको आरोप लगाए । कोइराला तत्काल उक्त ७ नम्बर क्षेत्रका सांसद पनि थिए ।
वाम गठबन्धनबाट चुनावी प्रतिस्र्धामा रहेका पण्डितले बुढीगंगा गाउापालिकालाई समेतलाई मिलाएर बृहत्तर विराटनगर महानगर बनाउने र विराटनगरलाई प्रदेशको राजधानी बनाउने एजेण्डा लिएका छन् । पत्रकारहरु माझ नेता पण्डितले भने,‘पहिले विराटनगरलाई महानगर बनाउन हुंदैन भनेर बाधा हाल्नेहरु अहिले लाज पचाएर विराटनगरमै भोट मागिरहेका छन् ।’
उम्मेदवार पण्डितले आफूसाग चुनाव लड्ने पैसा नभएको तर आफनो क्षेत्रका मतदाता र विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरेर सहयोग गरिरहेको सुनाए । पण्डितले कोइरालालाई पैसाबाला प्रतिस्र्धीको संज्ञा दिदै भने,‘पैसा खर्चेकै भरमा जनताले भोट दिएर विजयी गराउदैनन् । म जस्तै आत्मबिश्वासी र सदाचारीलाई विजयी गराउनछन् ।’

नेपालको माया गर्ने र सुशासन रुचाउनेहरुले विशेष माया सद्भावका साथ विजयी गराउने उनले दाबी गरे । म चार हजार बढी मतले सहजै जित्छु ।’ सो क्षेत्रमा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर र सुन्दर हरैचा नगरपालिकाको २, ३, ४, ५, ६, ७ नम्बर वडा रहेको छ । क्षेत्र नम्बर ६ मा १ लाख १० हजार ३ सय २२ जना मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.