हाेमपेज > अपराध > ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ ।

दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु केही काम होला र केही पैसा भयो भने घरमा खोले भात खान पाइएला भन्ने सोचमा आएको ती म्यादी प्रहरीहरुको रिजल्ट साच्चै निश्पक्ष होला या भनसुनमा होला त्यो त आजको रिजल्ट ले नै देखाउने छ ।
आगामी मंसिरको तेस्रो साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरीका लागि मोरङ जिल्लामा करिब १२ हजारले निबेदन दिएका थिए । भाइटिकाको भोलि पल्ट देखि फिजिकल टेष्ट भएकोमा ७ गते लिखित परिक्षा भएको थियो । जसको रिजल्ट आज प्रकासित गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकाहरुमध्ये शारिरिक तन्दुरुस्ती परीक्षामा करिब ६ हजार भन्दा बढीले पास गरेको थिए । यसरी पास गरेका निवेदकहरुको लिखित परीक्षा दिएका थिए । स्थानीय सहिद रंगशालामा भएको परीक्षामा ६ हजार २ सय २९ जना सहभागि भएका थिए । परीक्षार्थीलाई १ सय पूर्णाङकको २५ वटा प्रश्न सोधिएको थियो । मोरङका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटा निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी दिनुभयो ।
म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १ सय ३७ जनाले आवेदन दिएकामा शारीरिक तन्दुरुस्ती परीक्षामा २ हजार ४ सय ७० जना असफल र २ हजार ४ सय ३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *