जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

बिराटनगर । ईलाका प्रहरी कार्यालय रानीले भारतबाट अवैध भन्सार छलिका सामानहरु प्रकाउ गरेको छ ।

प्रहरी टोलीले गस्तीका क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अबस्थामा जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका– १७ बस्ने कौशिला देबी साहले भन्सार छली गरी ल्याएको करिब रु दुई लाख आठ हजार आठ सय मूल्य बराबरको रक्सी, खाद्यान्न, सुपारी,साइकल लगायतका सामानहरु पक्राउ गरी भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष निरौलाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरगंमा नयां कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी. आए पछि मातहतका सबै इन्चार्ज तथा प्रमुखहरुलाई कडा निर्दैशन दिए पछि राजश्वमा बृद्धि भएको छ । सिमा सुरुक्षामा खटेको सशस्त्र प्रहरीले भन्दा यो दुई महिनामा जनपथ प्रहरी मोरगं जिल्लाले करोडौको समान भन्सार बुझाएर राजश्व बृद्धिमा उल्लेखिनिय काम गरेको प्रशंसा पाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *