लागूऔषधसहित विराटनगरबाट ४ जना पक्राउ

लागूऔषधसहित विराटनगरबाट ४ जना पक्राउ

छत्रमान श्रेष्ठ 

शनिबार प्रहरीले मोटरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे लागूऔषधसहित विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यलयको १ नम्बर ढाटबाट ३ जनालाई पक्राउ गरेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट सादा पोसाकमा खटिएको टोलीले  धरान–१६ बस्ने २४ वर्षीय निसुन शाह, धरान–९ गौतमपथ बस्ने ४० वर्षीय शम्सेर अन्वर, धरान–९ बगैंचाचौक बस्ने ३९ वर्षीय राज तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले शरीरको विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको लागूऔषध डाइजोल्याब ३२ एम्पुल, लुपिजेसिक ३२ एम्पुल, एभिल ३२ एम्पुलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेको प्रहरीले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *