विराटनगरमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । उद्योगी–व्यसायीहरुले निर्माण व्यवसायी महासंघ मोरङको अगुवाईमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा हत्यारालाई कारबाही र उद्योगी–व्यसायीको शान्ति सुरक्षाको माग गरिएको छ ।
हत्यामा संलग्नलाई आपराधीलाई व्यवसायी संघ मोरङका अध्यक्ष सन्तोष ढुंगानाले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । उनले हत्यारालाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।
Leave a Reply