भिषण डढेलोको कारणले क्यालिफोर्नियामामा १० को मृत्यु

भिषण डढेलोको कारणले क्यालिफोर्नियामामा  १० को मृत्यु

छत्रमान श्रेष्ठ

लस एन्जेलस –अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।

दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो । यसमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ |डढेलेका कारणले  हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ

https://youtu.be/UVmpp_Ox3qM

डढेले प्रभावित प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ । यसमा परी कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन् । अरु पनि स्थानीय संरचनाहरु जलेर खरानी भएका छन् । प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *