सिमनामा प्रहरीको कडा निगरानीका कारण तस्कारहरुले जिल्ला नै छाडे र रुट नै परिबर्तन

सिमनामा प्रहरीको कडा निगरानीका कारण तस्कारहरुले जिल्ला नै छाडे र रुट नै परिबर्तन

 अबिजाल बिष्ट

विराटनगर । मोरङ प्रहरीले सीमावर्ती क्ष्ँत्रमा कडा निगरानी र अपराधिलाई कार्वाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुले मोरङ जिल्लाको रुट नै परिबर्तन गरेका छन् ।
विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कार्वाही थालेपछि उनीहरु मोरगं जिल्ला नै छोडेर सुनसरी जिल्लाको दक्षिण तर्फका खुल्ला नाकालाई प्रयोग गर्न थालेका छन् । तस्करहरु नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्सका सामग्री, दैनिक तथा अन्य प्रतिबन्धित सामग्रीहरुको विभिन्न आसपासका क्षेत्रबाट तस्करी गर्दै आएका थिए । सिमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रानीले सिमाना कडाई गरे पछि उनीहरुले सुनसरीको अमरडुवा, साहेबगञ्ज लगायतका खुल्ला सिमाना प्रयोग गरी तस्करीलाई नयां बाटो प्रयोग गरेको खुल्न आएको छ । अमरडुवा हुदै रामगञ्जबेलगछियाको शुक्रबारे बजारबाट बिराटनगर महानगरपालिकाको वार्ड नं ४ र ५ को सिमाना हुदै एयरपोर्टको पछाडिबा पुन बिराटनगर बजारमा भन्सार छली गरीएका सामानहरु आउने गरेको छ तर सुनसरी प्रहरी कार्यालय भने मौन रहेको देखिन्छ ।
प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरुले बाटो नै परिबर्तन गरेका छन् भने कोहीले विभिन्न अन्य व्यापार व्यवसायमा लागेका छन । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो अब हामीले अपराधीलाई पनि कार्वाहीको दायरामा ल्याउन थालेका छौ र कुनै हालतमा पनि नछोडने हुनाले पनि तस्करहरुले बाटो परिबर्तन गरेका हुन सक्छन् सुनसरी जिल्लाको त म के भन्न सक्छु र ? तर मोरगं जिल्ला भित्र हुने गतिबिधीलाई हामीले न्युनिकरण गर्दै लैजाने गरेका छौ यसमा इलाका प्रहरी कार्यालय रानीले सबै भन्दा राम्रो काम गरेको देखिन्छ । राजश्वमा सबै भन्दा बढी उठाउन पनि हामी सफल भएका छौ तसर्थ यो अभियानलाई हामी र हाम्रो टिमले निरन्तरता दिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.