विराटनगरमा “MUSICAL FEST २०७४”

विराटनगरमा “MUSICAL FEST २०७४”

चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन ।
विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले केहि मात्रमा भए पनि सांगीतिक माहोल सिर्जना गरि चाडवाडलाई अझ रमझम पूर्ण बनाउन सफल भएका छन् । यसै सन्दर्भमा दशैं, तिहार एवम छैठ पर्वको समयमा विगत केहि वर्ष देखि निरन्तर रुममा विविध सांगीतिक ब्याण्ड र संस्कृतिक समूहहरुले विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् ।
विगत १० वर्ष देखि विराटनगरमा निरन्तर रुपमा सांगीतिक कार्यक्रम गर्दै आउनु भएका स्यान्ट्रो महत र “ग्रीन लिफ ब्याण्ड” ले चाडवाडलाई अझ भब्य बनाउनका लागि “MUSICAL FEST २०७४” नामक कार्यक्रम ल्याउने भएको छन् ।” यो कार्यक्रम संगीत प्रेमीहरुका लागि लक्षित गरेर ल्याइएको कार्यक्रम हो” संयोजक स्यान्ट्रो महत भन्छन। स्यान्ट्रो महत आफै विराटनगरलाई कार्य क्षेत्र बनाएर चर्चामा रहेका EVENT MANAGER / SOCIAL WORKER हुन् l उनि सार्है मेहनती, मिलनसार व्यक्ति हुन त्यसैले पनि यस क्षेत्रमा हुने प्राय जसो सबै EVENT मा EVENT MANAGEMENT का लागि उनैलाई सम्झन्छन् उनको कार्यशैली एकदमै उत्कृस्ट रहेको छ l निकै व्यस्तताका बिचमा पनि हामीलाई समय दिएर हाम्रा सम्बादाता अस्मिता बराल संग “MUSICAL FEST २०७४” कार्यक्रमको बारेमा केहि जानकारी दिन भ्याए l हाम्रा सम्बादाता संग भएको सम्बाद यस प्रकार रहेको छ ।
१.”MUSICAL FEST २०७४” कस्तो कार्यक्रम हो ? यो कार्यक्रम र अन्य सांगीतिक कार्यक्रममा के फरक छ ?
“MUSICAL FEST २०७४” यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम हो । यो कार्यक्रम हामीले आज भन्दा १० वर्ष अगाडी देखि सुरु गरेका हौ । पहिले LIVE MUSIC CONCERT भनेर कार्यक्रम संचालनमा थियो , पोहोर देखि “MUSIC FEST” नामकरण गरेका हौ । विराटनगरमा पनि विसुद्ध सांगीतिक कार्यक्रमहरु गर्न सकिन्छ, यहाँ पनि सांगीतिक माहोल छ भन्ने बुझाउन र राष्ट्रिय स्तरका कलाकारहरुको प्रतक्ष्य सांगीतिक प्रस्तुति पस्कनका लागि हो । पोहोर हामीले चर्चित कलाकार सुगम पोख्रेल र स्थानिय ब्याण्डको प्रस्तुति पस्केका थियौ । कार्यक्रम एकदमै राम्रो भएको प्रतिक्रिया पायौ तेही भएर पनि यसपाली अझ राम्रो र परिस्कृत रुपमा प्रस्तुत गर्न कडा मेहनतका साथ लागि परेका छौ । यो विसुद्ध सांगीतिक कार्यक्रम भएको र सबै वर्गलाई ध्यानमा राखेर बनाईएको हुनाले र सांगीतिक माहोल स्थानीय स्तरमा भिजाउन सफल रहेको हुनाले पनि यो कार्यक्रम अन्य सांगीतिक कार्यक्रम भन्दा फरक छ ।

२. “MUSICAL FEST २०७४” यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम हो भन्नु भयो यसपाली तपाईहरुले के के पस्कदै हुनुहुन्छ?
“MUSICAL FEST २०७४” यो विसुद्ध सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम नै हो, त्यही भएर पनि हामी निरन्तर रुपमा विगत १० वर्ष देखि कार्यक्रम गर्न सफल भएका छौ । येसपली हामी LIVE BAND PERFORMANCE, SOLO PERFORMANCE, COMEDY SHOW CULTURAL DANCE अनि अन्य बिशेष प्रस्तुतिहरु राखेका छौ ।

३. येसपाली तपाईहरुले महानगरवासीलाई सांगीतिक कलाकार पनि रोज्न अवसर दिनु भाको रैछ? के यो सम्भव छ ?
हामी नाफा मुखी कार्यक्रम भन्दा पनि बिशेष रुपमा सांगीतिक र मनोरन्जनात्मक कार्यक्रम पस्कने जमर्कोमा छौ त्यही भएर पनि हामीले महानगरवासीहरुको भाव बुझेर हाम्रो बजेटले सक्ने सम्मको महानगरवासीहरुको रोजाईको कलाकार मंचमा प्रस्तुतिका लागि ल्याउने जमर्को गरेका हौ । आट गर्नु पर्छ सकिन्छ । धेरैको रोजाईमा सुगम पोखरेल, निशान भट्टराई, बुद्ध लामा, शिव परियार भनेर हाम्रो FACEBOOK मा भनि राख्नु भएको छ ।

४. अन्त्यमा “MUSICAL FEST २०७४” को वारेमा बुझन र जान्न चाहने र सहयोग गर्न चाहनेलाई तपाई के भन्नु हुन्छ ?
“MUSICAL FEST २०७४” सफल बनाउन र हामीलाई यस्तो कार्यक्रमहरु गर्न प्रेरणा दिने सबै प्रति आभार प्रकट गर्दछौ । सबैको सहयोग र चाहनाले नै हामी सफल हुन्छौ l हाम्रो कार्यक्रमका बारेमा बुझन र जान्न चाहनेहरुले हाम्रो FACEBOOK र कार्यालयमा आएर वा 9842088088 मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ  l बडा दशैं, तिहार र छैठ पर्वको सबैमा शुभकामना हाँसी, खुशी रमाइलो गरेर चाडवाड मनाऔ l वाढी पिढीत तथा दुखीको सहयोग गरौ । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.