युवा लक्षित प्रबिधिको खोजी

युवा लक्षित प्रबिधिको खोजी

सुमन तिमल्सिना

विराटनगर । प्रकोपको बेलामा तत्काल सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि युवा लक्षित तथ्यांक संकलन क्षमता अभिबृद्धी तालिम बिराटनगरमा शुरु भएको छ ।
प्रकोपको समयमा सबै क्षेत्र अस्तब्यस्त हुने हुँदा युवाले ईन्टरनेटको माध्यामबाट तत्काल भएको क्षती, अबस्था र तत्काल उद्धारको बिषयमा तथ्यांक संकलन गर्न सक्नेगरी युवा लक्षित तालिमको आयोजना गरिएको हो । बिशेषगी युवाहरु प्रबिधि मैत्री बन्ने हुँदा युवाहरुलाई लक्षित गरेर तालिमको आयोजना गरिएको हो ।युवालाई दिईएको तालिम पछि एप्स्को माध्यामबाट प्रकोपको समयमा तत्काल तथ्यांक संकलन गरेर राहत उद्धार तथा क्षतीपुर्ति उपलब्ध गराउनको लागि पनि युवा तथ्यांकको आधारमा युवा परिचालन गर्न सकिने वल्र्ड भिजन ईन्टरनेशनल नेपालका योजना अनुगमन तथा मुल्याङकन ब्यवस्थापक पुरुषोतम शर्माले जानकारी दिनुभयो ।
बिराटनगर महानगरपालिकामा गत साउन अन्तीम साता आएको बाढीले क्षती पु¥यापनि अहिले सम्म सहि तथ्यांक आएको छैन । सही तथ्यांकको लागि यम्स्को माध्यामबाट युवाको परिचालन गरेर तत्कालै क्षतीको विवरण पत्ता लगाउन सकिने आयोजकको दाबी छ । वल्र्ड भिजको आयोजनामा भएको कार्यक्रममा बिराटनगर महानगरपालिका सँगै झोराहाट, सिसवनी, डंग्राहा, लखन्तरी भौडाहाका ४० जना युवाहरुको सहभागिता रहेको छ । विपदको समयमा बढी समस्या हुनेहुँदा तत्कालिन अबस्था बुझ्न र तथ्यांक थाहा पाउनको लागि युवा परिचालन गरेर तथ्यांक थाहा पाउने गरी तालिमको आयोजना गरिएको हो । तालिम पछि युवाहरुले प्रबिधिको प्रयोगबाट तथ्यांक निकाल्न सक्नेछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *