राष्ट्रपति भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद उदघाटन

राष्ट्रपति भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद उदघाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलन गरी बिधिबत शुरुआत भएको छ ।
बिराटनगरको रगंशालामा भब्य कार्यक्रमका बिच उदघाटन भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने कुरा बताउनु भयो ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्ष अघि नै हुनुपर्ने भए पनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो । हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा शुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।
यसैगरी युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था सरकारले गर्न थालेको बताउनु भयो ।
सातौं राष्ट्रिय खेलकुद आगामी साग गेमको आधारको रुपमा रहने भएकाले भौतिक संरचनाको विकासमा सरकारले ध्यान दिनु पर्ने देखिएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले अन्यौलताका बाबजुद पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल सकिएको बताउनु भएको छ । उदघाटन समारोहमा बिभिन्न जात जातीका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री प्रचण्डले गर्नेछन् ।

dsc01554

dsc01523

dsc01495

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *