ओभानो सपना ….

(मेरा बा ले शहरमा

एक चप्परी माटो किन्नको लागि ,)2

अंशमा पाएको

सारा खेतबारि लिलाम गर्दै छन,

यतिका बर्षसम्म रगत र पसिना

मिसाएको घरबारि पनि बेच्दैछन,

चाउरी परेको गाला,

बुढ्यौली शरीर अनि

फुलेको कपाल लिएर ,

झोक्राएको देक्छु आजभोलि

 

(यो शहरको माटो के ले बनेको छ, हँ?)2

जसका लागि सबैको सामु

शिर झुकाउँदै छन बा’ले

 

मैले पैसा कमाउन खाडी जान्छु भन्दा

पासपोर्ट बनाउन समेत मन्जुरी दिएनन,

छोराले गर्ने काम छोरिले गर्न हुन्न रे

छोरिको कमाइ बा आमाले खान हुन्न रे

चिन्तित छन मेरो भबिस्यको लागि,

तर, मेरो बिहे गर्न जन्मकुण्डली बोकेर

ज्योतिषका घर धाएका छैनन बा

समाजलाई शिरमा राखेर हिँड्दै छन् अझै

खै कुन्नी किन?

तिमीले चाराना विश्वास समेत गर्न चाहेनौ बा’लाई।

सायद, एकदिन

म पनि उभिनेछु तिम्रो अगाडि

पैसा गन्न सक्ने भएर

भो..नगर! यति धेरै घमण्ड।

 

म आकाशमा गएर

चन्द्रमामा घर बनाएर बस्ने सपना  देख्न सक्दिन ,

म मेरा बा आमालाइ सिङ्गो आकाश मान्छु

म मेरा भगवानलाइ कसरी टेक्न सक्छु?

बस्…!

मेरा बा आमाको आँखाको आँसु

ओभानो कपडाले

फेरि कहिल्यै नझर्ने गरि पुछ्ने मन छ।

 

म तिम्रा लागि करोडौं पटक

अग्निपरीक्षा दिन तयार छु,

म बाँचुन्जेल तिम्रो दास बन्न तयार छु,

(ए स्वार्थी मान्छे……..)2

मेरो लास जलाउनको लागि

तिमी  के पैसा सापटी दिन सक्छौ???

@जानुका भण्डारी,  धनकुटा

 

 

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *