सरकारले राज्यसत्ताको दुरूपयोग गर्यो : ओली

सरकारले राज्यसत्ताको दुरूपयोग गर्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले सरकारले राज्यसत्ताको दूरूपयोग गरी राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको बताउनुभएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले संवैधानिक निकायहरू सरकारको रबर स्टाम्प जस्तो भएको आरोप लगाउनुभयो । निर्वाचन घोषणा भइ आचार संहिता समेत लागू भइसकेको स्थितीमा जिल्ला न्यायाधिशहरूको सरूवा गरेकोमा अध्यक्ष ओलीले आपत्ती जनाउनु भयो । राज्यका संयन्त्रहरूलाई कमजोर बनाएर प्रजातन्त्रलाई नै कमजोर बनाउन वर्तमान सरकार उद्धत रहेको अध्यक्ष ओलीको टिप्पणी थियो ।
सरकारको सय दिनको मूल्याङ्कन गर्दै वर्तमान सरकारले धेरै वटा रेकर्ड कायम गरेको अध्यक्ष ओलीले टिप्पणी गनुभयो । वर्तमान सरकारले जम्बो मन्त्रिपरिषद मात्र होइन भ्रष्ट्राचार, अनियमितता र स्वेच्छाचारितामा पनि रेकर्ड तोडेको अध्यक्ष ओलीले तर्क गर्नुभयो ।
आफु र आफ्नो पार्टी देश र जनताको पक्षमा अबिचलित भएर लाग्ने भन्दै अध्यक्ष ओलीले राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउन नदिने उद्घोष गर्नुभयो । गलत काम हुन नदिने भन्दै अध्यक्ष ओलीले देश र जनताको एकता एवम् सद्भावलाई भाड्न तथा बिथोल्न एवम् सामाजिक विद्वेश र बितण्डा मच्चाउन नदिने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.