टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय

सिरहा । कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । उम्मेदवार छनौट गर्दा काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरालाई टिकट दिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो । कोषाध्यक्ष यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको लागि मेयरको टिकट दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।  झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो ।

यसैबीच लहानमा एमालेका मेयर उम्मेदवार मुनी साहको घरमा मंगलबार साझ विस्फोट गराइएको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोन मार्फत घटनाको जिम्मा लिएका हुन् । मधेस विरोधी पार्टीबाट उम्मेदवारी दिएको भन्दै बम विस्फोट गराइएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.